News Portal

  • किराया खेलकूद संघद्वारा मोन्टेश्वरी किन्डर गार्डेनमा साकेला नाच प्रदर्शनी

    विकाश चाम्लिङ राई
    ३७२ पटक

    बिकाश चाम्लिङ राई/धरान – धरान उपमहानगरपालिका धरान १६ स्थित मोन्टेश्वरी किन्डर गार्टेनका बालबालिकाहरुले सोकेला उभौलीको अवसरमा नाँचिने ‘साकेला सिली’ प्रदर्शन गरेका छन्

    किरात राई खेलकुद संघ सुनसरीले किरात राईहरुको महान चाड येलेदोङ ५०८३औं साकेला उभौलीको अवसरमा नाँचिने साकेला सिली बालबालिकालाई सिकाएका हुन। खेलकुद संघका कलाकारहरुले बुधबार बिधालयका  बालबालिकालाई ढोल झ्याम्टा सहित साकेला सिली सिकाउनुका साथै साकेला नाच प्रदशनी समेत गरेका थिए ।

    मोन्टेश्वरीका अध्यक्ष गौरबमान श्रेष्ठले बालबालिकालाई विभिन्न जात जातिको भाषा  र संस्कृति जानकारी गराउन तथा त्यस प्रतिको मोह जगाउनको लागि किराया खेलकुसंध सुनसरीसंग सहकार्य गरि कार्यक्रम आयोजना गरेको वताए ।

    उनका अनुसार ‘हामीले पढाई मात्रै होइन, पढाईका अलवा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न जात जातीको कला र सस्कृतिलाई पनि सिकाउँछौ, यस अघि लाखे नाँच देखाएका थियौ, यसपालिदेखि किरात राईहरुको सस्कृति साकेला नाच देखाएका हौ ।’

    कार्यक्रममा किरात राई यायोक्खा, सुनसरी सदस्य एवं किराया खेलकुद संघ, सुनसरीका अध्यक्ष विकास चाम्लिङ राईले बालबालिकाहरुलाई किरात राईहरु प्रकृति पुजक हुन्,  उभौली किरातीहरुको महान चाड हो । प्रकिती पुजक किरातीहरुको महान चाड उभौली बैशाखे पुर्णिमादेखि विधिवत ढोल झ्याम्टा फुकाएर करिब १५ दिनसम्म धर-आगनमा स्याउली गाडेर धुमधामसँग साकेला सिली नाचेर मनाउने गरिन्छ । अन्नबाली लगाउने समय अनुकूल होस, अन्नवाली सप्रियोस, अन्नको सह बसोस्, अनिकाल नलागोस्, सबै जीव प्राणीहरुमा सुख, शान्ति होस् भन्ने कामना गर्दै सिमेभुमे पुजा गरी साकेला नाचिन्छ, यसैलाई नै साकेला उभौली भनिन्छ । 

    यस्तै, अन्नबाली पाकेर घरभित्र्याए पछि घरभित्र गाडिएको पवित्र चुलालाई चढाई आफ्ना पितृहरुलाई पुजा गरि आर्शिवाद मागेर नयाँ अन्नबाली खाने, आफन्तहरुसंग भेला भएर खुशीयाली मनाउने चाडलाई साकेला उद्यौली भनिन्छ । यो चाडलाई मंसिरे पुर्णे अर्थात धान्य पुर्णे पनि भनिन्छ । यसैको अवसरमा हरेक वर्ष आफ्नो पृती पुजेर साकेला सिली नाँच्दै उभौली-उधौली मनाउने परम्परा रहेको वताए ।

    वैशाख २२ गते पुर्णिमाको दिनदेखि औपाचारिक रुपले विश्वभरी छरिएर रहेका किरातीहरुले  उभौलीको अवसरमा सोकला सिली नाचेर, विभिन्न कार्यक्रमहरुको आयोजना गरेर उभौली मनाइरहेका छन ।

    उक्त साकेला सिली नाच प्रदर्शनीमा महिला बास्केटबलका राष्ट्रीय खेलाडी डा. आशा राई, प्रदेश १ खेलाडी तनु राई, निरुता राई, दिवस राई लगायतको सहभागिता समेत रहेको थियो।

    तस्वीर विकाश चाम्लिङ राई

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एनसीसी लगायतका विषयमा एनआरएनएले औपचारिक धारणा सार्वजनिक गर्दै

    काठमाडौं, असार १७ – गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले पछिल्लो...

    कुलिङ पिरियड प्रावधानमा अनधिकृत हेरफेर : सांसद शाहीको कडा आपत्ति, दोषीलाई कारबाहीको माग

    काठमाडौं, असार १७ – निजामति सेवा विधेयकमा राखिएको ‘कुलिङ पिरियड’ सम्बन्धी व्यवस्था अनधिकृत रूपमा फेरबदल...

    तीन बालिका तस्करीको प्रयासमा चार जना पक्राउ

    बुटवल, असार १७ – भारतसँग सिमाना जोडिएको रूपन्देही जिल्लाबाट तीन नाबालिकालाई तस्करी गरी भारत लैजान...

    मकवानपुरमा कोइला लोड भएको ट्रक पल्टिँदा चालकको ज्यान गयो, सहचालक अस्पतालमा उपचाररत

    मकवानपुर, असार १७ — पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे नजिकै मंगलबार बिहान कोइला...

    आज २०८२ साल असार १७ गतेको राशिफल

    आज असार १७, २०८२ (जुलाई १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...