News Portal

कर्नाटकामा कांग्रेसलाई स्पष्ट बहुमत, हार स्विकार्दै भाजपा मुख्यमन्त्रीद्वारा राजिनामा

हिमालीसंचार संवाददाता
२४७ पटक

दिल्ली। भारतमा कर्नाटका राज्यमा भएको विधानसभा चुनावको नतिजा आएको छ। कर्नाटकका मतदाताले कांग्रेसलाई स्पष्ट बहुमत दिएका छन्।

शनिवार राती सम्पन्न भएको मतगणना अनुसार कांग्रेसले १ सय ३७ सिटमा बिजयी हासिल गरेको छ भने सरकार बनाउन आवाश्यक १ सय १३ सिट भन्दा बढी स्थानमा बिजयी हासिल गरेर कांग्रेस कर्नाटकमा पहिलो भएको छ।

यसैगरी, दोस्रो स्थानमा भारतीय जनता पार्टी (भाजपा) रहेको छ। जसले ६५ सिट मात्र जिते पछि भाजपाले कर्नाटक चुनावमा आफ्नो पराजय स्वीकार गरेको छ।

उता, जेडीएसले १९ सिटमा जीत हासिल गरेको छ भने अन्यको खातामा ३ सिट परेको छ। कर्नाटकमा बिगत ३८ वर्षदेखिको निर्वाचनको परम्परा यसपटक कायम रहन पुगेको छ। अर्थात, कर्नाटकमा मतदाताले सरकार दोहोर्याउन दिएका छैनन।

कर्नाटक निर्वाचनमा भाजपाको पराजयको जिम्मेवारी लिएर बसवराज बोम्मईले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्। उनले गभर्नरलाई राजीनामा बुझाएका छन्। मुख्यमन्त्री बोम्माईले आफ्नो पार्टीले यो हारको कारणको बारेमा समीक्षा गर्ने बताए।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...