News Portal

निर्माणको माग राख्दै सांसद सञ्जय गौतम भत्किएको पुलमुनि आमरण अनशनमा

हिमालीसंचार संवाददाता
२३७ पटक

बर्दिया। पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका सांसद सञ्जय गौतम विकास निर्माणका विभिन्न माग राख्दै आमरण अनशनमा बसेका छन्। बर्दिया क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित गौतमले जब्दीघाटको भत्किएको पुल मुनि टेन्ट लगाएर आमरण अनशन सुरु गरेका हुन्।

उनले विभिन्न १५ बुँदे मागहरूको सूचि अनसनस्थलमा राखेका छन्। सूचीको पहिलो नम्बरमा जब्दीघाटको भत्किएको पुल निर्माणको काम सुरु गर्नुपर्ने माग उल्लेख गरेका छन्।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल बनेर उद्घाटन नहुँदै २०७४ साउन अन्तिम साता भत्किएको थियो। यो पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो।

सांसद गौतमले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धनका काम गर्नुपर्ने, सिँचाइ आयोजनाहरूमा बजेट सुनिश्चित हुनुपर्ने लगायतका माग पनि राखेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...