News Portal

गाउँपालिका शिक्षा संयोजकले ४ लाख घुस मागेपछि…

विश्वनाथ सिम्खाडा
२६९ पटक

कालीकोट। जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिसन लिएको आरोप लागेको छ।

पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट ४ लाख लिएको आरोप लागेको हो। गत साउनमा शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयमा ५० लाखको योजना पार्ने भन्दै प्रधानाध्यापक कृष्ण विकसँग ४ लाख कमिसन मागेको आरोप बाहिरिएको हो।

‘विद्यालयको भवन जीर्ण छ, गाउँपालिकाले बजेट दिएन ५० लाख सहयोग आउँछ भनेर विद्यार्थीको नाममा आएको खाजा रकम र विद्यालयको खाताबाट हामीले शिक्षा शाखा प्रमुखलाई नगद र बैंक खातामा करिब ४ लाख रकम जम्मा गरिदयौं,’ प्रधानाध्यापक विकले भने, ‘अहिलेसम्म न त पैसा फिर्ता भयो न त योजना नै आयो।’

२०७९ साल साउनमा ४ लाख रुपैयाँ लिएका भण्डारीले अहिलेसम्म न त विद्यालयको ४ लाख फिर्ता गरे न त ५० लाखको योजना नै ल्याए। अहिले पनि पलाता गाउँपालिका–२ लार्फमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका बालबालिका जीर्ण भवनमा अध्ययन गरिरहेका छन्।

नेपाल सरकारले कर्णालीका बालबालिकालाई विद्यालयमा नियमित बनाउन खाजाबापत दैनिक २० रुपैयाँ दिँदै आएको छ। २०७९ साल भदौ ८ गतेका दिन पलाता गाउँपालिकामा रहेको नबिल बैंकबाट कलबहादुर भण्डारीको नाममा ३ लाख ३५ हजार र सोही दिन नबिल बैंकबाटै ६५ हजार गरी विद्यालयका प्रधानाध्यापक कृष्ण विकले ४ लाख भण्डारीको खातामा जम्मा गरिदएको भौचर सुरक्षित छ।

शिक्षा शाखा प्रमुख भण्डारीले व्यस्त भएको भन्दै टेलिफोनमा कुरा गर्न चाहेनन्। भण्डारीलाई अघिल्लो सरकारले आर्थिक अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखबाट हटाएको थियो। नयाँ जनप्रतिनिधि आएसँगै उनी फेरि शिक्षा शाखा प्रमुख भएर आएका थिए।

जिल्ला प्रशासन कार्यालय कालीकोटले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले लेनदेनको विषयमा उजुरी आए रकम लिने र दिने दुवैलाई कारबाही गर्ने बताए। पछिल्लो समय कालीकोट जिल्लामा विद्यालयलाई योजना हालिदने भन्दै रकम असुल्नेको बिगबिगी बढिरहेको छ।

यता विद्यालयको भवनको अवस्था नाजुक छ राज्यले बालपोषणको नाममा दिएको रकम शिक्षा शाखा प्रमुखले खाए। अहिले यो स्कुलको अवस्था जस्ताको तस्तै छ।

प्रतिकृया दिनुहोस्

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...

हुलाकी सडक निर्माण अधुरै, आमबाडी र डाईनियाँ बजारमा पिच रोकियो

चैत्र २, सोमबार मोरङ — मोरङको हुलाकी सडक खण्डअन्तर्गत रतुवामाई नगरपालिका स्थित आमबाडी मुख्य बजार...