News Portal

  • गाउँपालिका शिक्षा संयोजकले ४ लाख घुस मागेपछि…

    विश्वनाथ सिम्खाडा
    २०९ पटक

    कालीकोट। जिल्लाको पलाता गाउँपालिका शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले ५० लाखको योजना ल्याउने भन्दै ४ लाख कमिसन लिएको आरोप लागेको छ।

    पलाता गाउँपालिका–२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयमा भवनको योजना पार्ने भन्दै शिक्षा शाखा प्रमुख कलबहादुर भण्डारीले विद्यार्थीको नाममा आएको खाजा रकमबाट ४ लाख लिएको आरोप लागेको हो। गत साउनमा शिक्षा शाखा प्रमुख भण्डारीले विद्यालयमा ५० लाखको योजना पार्ने भन्दै प्रधानाध्यापक कृष्ण विकसँग ४ लाख कमिसन मागेको आरोप बाहिरिएको हो।

    ‘विद्यालयको भवन जीर्ण छ, गाउँपालिकाले बजेट दिएन ५० लाख सहयोग आउँछ भनेर विद्यार्थीको नाममा आएको खाजा रकम र विद्यालयको खाताबाट हामीले शिक्षा शाखा प्रमुखलाई नगद र बैंक खातामा करिब ४ लाख रकम जम्मा गरिदयौं,’ प्रधानाध्यापक विकले भने, ‘अहिलेसम्म न त पैसा फिर्ता भयो न त योजना नै आयो।’

    २०७९ साल साउनमा ४ लाख रुपैयाँ लिएका भण्डारीले अहिलेसम्म न त विद्यालयको ४ लाख फिर्ता गरे न त ५० लाखको योजना नै ल्याए। अहिले पनि पलाता गाउँपालिका–२ लार्फमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका बालबालिका जीर्ण भवनमा अध्ययन गरिरहेका छन्।

    नेपाल सरकारले कर्णालीका बालबालिकालाई विद्यालयमा नियमित बनाउन खाजाबापत दैनिक २० रुपैयाँ दिँदै आएको छ। २०७९ साल भदौ ८ गतेका दिन पलाता गाउँपालिकामा रहेको नबिल बैंकबाट कलबहादुर भण्डारीको नाममा ३ लाख ३५ हजार र सोही दिन नबिल बैंकबाटै ६५ हजार गरी विद्यालयका प्रधानाध्यापक कृष्ण विकले ४ लाख भण्डारीको खातामा जम्मा गरिदएको भौचर सुरक्षित छ।

    शिक्षा शाखा प्रमुख भण्डारीले व्यस्त भएको भन्दै टेलिफोनमा कुरा गर्न चाहेनन्। भण्डारीलाई अघिल्लो सरकारले आर्थिक अनियमितता गरेको भन्दै शिक्षा शाखा प्रमुखबाट हटाएको थियो। नयाँ जनप्रतिनिधि आएसँगै उनी फेरि शिक्षा शाखा प्रमुख भएर आएका थिए।

    जिल्ला प्रशासन कार्यालय कालीकोटले प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले लेनदेनको विषयमा उजुरी आए रकम लिने र दिने दुवैलाई कारबाही गर्ने बताए। पछिल्लो समय कालीकोट जिल्लामा विद्यालयलाई योजना हालिदने भन्दै रकम असुल्नेको बिगबिगी बढिरहेको छ।

    यता विद्यालयको भवनको अवस्था नाजुक छ राज्यले बालपोषणको नाममा दिएको रकम शिक्षा शाखा प्रमुखले खाए। अहिले यो स्कुलको अवस्था जस्ताको तस्तै छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ७ गतेको राशिफल

    आज भदौ ७, २०८२ (अगस्त २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सङ्खुवासभामा भूकम्पको धक्का

    काठमाडौँ – सङ्खुवासभा जिल्लाको मघाङ आसपास केन्द्रबिन्दु भएर आइतबार राति ४.४ स्थानीय परिमाणको भूकम्प गएको...

    उपसभामुख राना मगरको विदेश भ्रमणमा विवाद: १० पटक स्वीकृति बिना यात्रा

    काठमाडौँ, भदौ ६ – प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगर १७ पटक विदेश भ्रमणमा गएकी...

    प्रभु साह– ठगी आरोपमा निष्कासन पाएका नेतालाई प्रधानमन्त्री ओलीले भ्रमपूर्ण प्रचार गर्दै एमालेमा भित्र्याए

    काठमाडौँ, भदौ ६ – आम जनता पार्टी (आजपा) का अध्यक्ष उपेन्द्र साहले एमाले अध्यक्ष तथा...

    लाल बकैया खोलाको जलसतह सतर्कता तह नाघ्यो

    काठमाडौँ, भदौ ६ – मकवानपुरको लाल बकैया खोलामा लगातारको वर्षापछि पानीको सतह सतर्कता तह नाघेको...