News Portal

  • महाकाली नदीमा नेपाली र भारतीयबिच ढुङ्गा हानाहान, सशस्त्र प्रहरी खटाइयो

    हिमालीसंचार संवाददाता
    २४५ पटक

    धनगढी। भारतले महाकाली नदीमा तटबन्ध निर्माण गरी महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्न खोज्दा नेपाल र भारतका स्थानीयहरुबिच ढुङ्गा हानाहान भएको छ।

    महाकाली नदी नेपालतर्फ डाइभर्ट गर्दा दार्चुलाको महाकाली नगरपालिका–४ को बाङ्गाबगर क्षेत्र बाढीको उच्च जोखिममा पर्ने भन्दै बाङ्गाबगर छेत्रका बासिन्दाले समय समयमा महाकाली नदी डाइभर्ट नगर्न भनि बिरोध गर्न थालेपछि भारतिय पक्षले ढुङ्गा हान्दा नेपालतर्फबाट पनि ढुङ्गा हान्दा शुक्रबार केहीबेर स्थिती तनावग्रस्त बनेको थियो।

    तटबन्ध निर्माणका लागि नदी डाइभर्सन गर्ने र पछि नदीको डाइभर्सन हटाउने भनि दुई देशका प्रशासनिक अधिकारीबिच सहमति भएपनि भारतीय पक्षले सहमति कार्यान्वयनमा नल्याउँदा समस्या उत्पन्न भएको हो।

    गत भदौ २४ गते महाकाली नदीमा आएको बढीले बाङ्गाबगर क्षेत्रको बस्ती र तटबन्धमा ठूलो छति पुर्याएको थियो भने सो क्षेत्रमा अहिलेसम्म तटबन्ध निर्माण तथा मर्मत भएको छैन।

    भारतीय पक्षले महाकाली नदीमा मनोमानी गर्दा नेपाल र भारतका स्थानीयहरुबिच बेलाबेलामा ढुङ्गा हानाहान हुने गरेपनि नेपाल सरकार मौन रहेको देखिएको छ।

    अहिले बाङ्गाबगरको महाकाली तटबन्ध क्षेत्रमा स्थिति थप जटिल नबनोस भनि नेपालतर्फ सशस्त्र प्रहरी खटाइएको प्रमुख जिल्ला अधिकारी किरण जोशीले बताइन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...

    चाडबाडमा बढी भाडा असुल्नेलाई कारबाही गरिने

    काठमाडौँ, असोज १५  – चाडबाडको समयमा सार्वजनिक यातायात व्यवसायीले तोकिएको भन्दा बढी भाडा असुलेको वा...