News Portal

प्रदेश सांसदका छोरालाई कुटपिट गर्ने वकिल दोषी ठहर

हिमालीसंचार संवाददाता
२७७ पटक

उदयपुर। प्रदेश सांसद सम्झना तामाङका ७ बर्षिया छोरालाई कुटपिट गर्ने एकजना अधिवक्ता दोषी ठहर भएका छन्।

बालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परी धरौटीमा रिहा भएका अधिवक्ता इन्द्र तामाङलाई जिल्ला अदालत उदयपुरले दोषी ठहर गरेको हो।

अधिवक्ता तामाङले २०७७ असार २२ गते सो बालकलाई मरणासन्न हुनेगरी कुटपिट गरेको आरोपमा पक्राउ परी रिहा भएका थिए। तर, बुधवार जिल्ला अदालत उदयपुरले उनलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको हो।

न्यायाधीश कृष्णप्रसाद सुवेदीको एकल इजलासले अधिवक्ता तामाङको कसुर ठहर गर्दै सजाय निर्धारणका लागि जेठ १७ गते पुनः पेस गर्न आदेश दिएका छन्। सोही दिन उनको सजाय तोकिनेछ।

उनी माओवादीको तर्फबाट कोसी प्रदेशका लागि समानुपातिक सांसद हुन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...