News Portal

  • बालकृष्ण खाण पक्राउ परेपछि शेखर-गगन समूहका ‘घण्टी कांग्रेस’ले नारायणकाजीसँग मनाए खुसीयाली

    हिमालीसंचार संवाददाता
    २४८ पटक

    काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापा निकटका नेताहरूले पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेकोमा खुसीयाली मनाएका छन्।

    घण्टी कांग्रेसको आरोप लाग्दै आएको गगन–शेखर समूहअन्तर्गतको उप–समूहका नेताहरूले खुसी साटेका छन्। उनीहरूले सभापति शेरबहादुर देउवा निकटका नेता खाण पक्राउ परेकोमा खुसी हुँदै गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई धन्यावाद र बधाइ दिएका छन्।

    कांग्रेसका विभिन्न तहमा रहेका नेताहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर नक्कली भुटानी शरणार्थी प्रकरणमा चालेको कदमको प्रशंसा गरेका छन्।

    बुधबार गृहमन्त्रालय पुगेर नेताहरू डा.गोविन्दराज पोखरेल, गुरुराज घिमिरे, मधु आचार्य, रन्जित कर्ण, भुपेन्द्रजङ्ग शाही, नरेश यादवलगायतका नेताहरू पुगेर गृहमन्त्री श्रेष्ठलाई बधाई तथा आभार व्यक्त गरेका हुन्।

    गृहमन्त्री श्रेष्ठको सचिवालयका अनुसार कांग्रेस नेताहरूले भ्रष्टाचारविरुद्ध सरकारको कदमको प्रशंसा गरेका थिए।

    सम्पूर्ण जरोकिलो खोतलेर यसलाई तार्किक निष्कर्षमा पुर्‍याउन समेत नेताहरूले अनुरोध गरेका थिए।

    गृहमन्त्री श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन समृद्धि, समृद्धिका लागि सुशासन र सुशासनका लागि भ्रष्टाचारको निर्मम नियन्त्रण वर्तमान सरकारको मूल प्राथमिकता भएको बताएका थिए।

    राज्यविरुद्धको अपराध भन्न मिल्ने नक्कली शरणार्थी भ्रष्टाचार प्रकरणका नाइकेहरूको पहिचान र गिरफ्तारीमा गृहमन्त्री श्रेष्ठले सफलता हासिल गरेको कांग्रेस नेताहरूले बताएका थिए।

    यो ऐतिहासिक कदमले लोकतन्त्र स्थापनापछिको गतिहीनतालाई क्रमभङ्ग गर्दै, जनतामा आशा सिर्जना गरेको ठम्याइसमेत उनीहरूको थियो।

    बुधबार मात्र नेपाल प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका स्वकीय सचिव नरेन्द्र केसी पक्राउ परेका छन्। रिपब्लिकादैनिकबाट।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बालेन शाहको सम्पत्ति छानबिन हुनुपर्ने राष्ट्रिय युवा सङ्घको माग

    काठमाडौँ, असोज २२ — काठमाडौं महानगरका मेयर बालेन शाह र उनका बाबुको सम्पत्तिमाथि छानबिन गर्नुपर्ने...

    शीर्ष नेताहरुलाई क्षमायाचनासहित अवकाश लिन सुझाव

    काठमाडौं, असोज २२ — जेन–जी आन्दोलनपछि उत्पन्न राजनीतिक अस्थिरतालाई ध्यानमा राख्दै ३० जना प्रबुद्ध नागरिक...

    आज २०८२ साल असोज २२ गतेको राशिफल

    आज असोज २२, २०८२ (अक्टोबर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    प्रहरीले २४ घण्टाभित्र बालेन–सुदनविरुद्धको जाहेरीमा जवाफ दिने

    काठमाडौं, असोज २१ — काठमाडौं महानगरपालिका प्रमुख बालेन शाह र हामी नेपालका संस्थापक सुदन गुरुङविरुद्धको...

    घरै बसेर सजिलै कमाउने प्रलोभनमा नपर्न साइबर प्रहरीले चेतावनी

    काठमाडौं, असोज २१ — सामाजिक सञ्जाल फेसबुकमार्फत ठगी बढ्दै गएको छ। नेपाल प्रहरीले विभिन्न लोकप्रिय...