News Portal

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड !

६०५ पटक

नारायण खड्का/अस्ट्रेलिया : दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाएका छन् ।

यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्स: पोस्टग्राजुएट रिसर्च’ को अवार्ड कँडेलले जितेका हुन् ।

यो पुरस्कार विदेशी विद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ । उनलाई यहाँका व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बागलुङको गल्कोटमा जन्मिएका उनी आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अस्ट्रेलिया आएका थिए । सम्पूर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफू छनोट भएर प्रतिष्ठित अवार्ड पाउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको उनले सुनाए।

नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा बढिरहेको सन्दर्भमा आफूले पाएको अवार्डले नेपाल र नेपाली विद्यार्थीहरुको पहिचान र गरिमालाई अझ ऊँचो बनाएको दाबीसमेत उनले गरे ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...