News Portal

अस्ट्रेलियामा नेपाली विद्यार्थीलाई दुई प्रतिष्ठित अवार्ड !

५६९ पटक

नारायण खड्का/अस्ट्रेलिया : दक्षिण अस्ट्रेलियाको फिल्न्डर्स युनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थी हिमाल कँडेलले यहाँको शैक्षिक क्षेत्रमा प्रदान गरिने दुई उत्कृष्ठ अवार्ड पाएका छन् ।

यहाँ रहेका सबै विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुमध्ये उत्कृष्ठलाई दिईने ‘इन्टरनेसनल स्टुडेन्ट अफ द इयर’ अवार्ड र विद्याबारिधी गरिरहेका विद्यार्थीहरुलाई उनीहरुको अनुसन्धानका आधारमा दिइने ‘एकाडेमिक एक्सिलेन्स: पोस्टग्राजुएट रिसर्च’ को अवार्ड कँडेलले जितेका हुन् ।

यो पुरस्कार विदेशी विद्यार्थीहरुको लागि प्रतिष्ठित मानिन्छ । उनलाई यहाँका व्यापार, लगानी तथा पर्यटनमन्त्री डेभिड रिज्वेले एक कार्यक्रममा अवार्ड तथा प्रमाणपत्र प्रदान गरेका थिए ।

बागलुङको गल्कोटमा जन्मिएका उनी आँखामा लाग्ने रोगले मानिसको जीवन र जीवनशैलीको गुणस्तरमा पार्ने प्रभावका बारेमा अध्ययन गर्न करिब ४ वर्षअघि अस्ट्रेलिया आएका थिए । सम्पूर्ण राज्यमा रहेका विद्यार्थीहरुबाट आफू छनोट भएर प्रतिष्ठित अवार्ड पाउनु सबै नेपालीहरुको लागि गर्वको विषय भएको उनले सुनाए।

नेपाली विद्यार्थीहरु अस्ट्रेलियामा बढिरहेको सन्दर्भमा आफूले पाएको अवार्डले नेपाल र नेपाली विद्यार्थीहरुको पहिचान र गरिमालाई अझ ऊँचो बनाएको दाबीसमेत उनले गरे ।

प्रतिकृया दिनुहोस्

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...

मानव बेचबिखन ओसारपसार मुद्दामा कुवेतमा कार्यरत जीवनसँगै दुर्गाविरूद्ध पक्राउ पुर्जी

काठमाडौं — वैदेशिक रोजगारसम्बन्धी ठगी कसूर मुद्दामा संलग्न दुई जनालाई पक्राउ गरी उपस्थित गराइदिन काठमाडौं उपत्यका...

गंगा–जमुना–१ मा साना बालबालिकालाई न्यानो कपडा सहयोग

धादिङ – धादिङ जिल्ला, गंगा–जमुना गाउँपालिका–१, किचेतस्थित देउराली आधारभूत विद्यालयमा ठोट्नेपानी संरक्षण, संवर्धन तथा विकास...