News Portal

अर्घाखाँचीमा आगो निभाउने क्रममा ५ जना घाइते

हिमालीसंचार संवाददाता
३०३ पटक

सागर महत, अर्घाखाँची। अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा ५ जना घाइते भएका छन्।

वडा नम्बर २ को तिरतिरे खोला किनाराको जंगलमा लागेको आगो बस्तीमा पुग्दा ४ जना गम्भीर घाइते भएका छन् भने, एक जना मध्यम घाइते भएको अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो।

गम्भीर घाइते हुनेको शरिरका विभिन्न भाग जलेको छ। घर मालिक पदम बेल्बासे, स्थानीयहरु माधव बेल्बासे, घनश्याम बेल्बासे र पिताम्बर बेल्बासे जलेर गम्भीर घाइते भएको प्रहरी नायव उपरिक्षक रिजालले बताउनुभयो।

यस्तै अस्मिता बेल्बासेको शरीरको विभिन्न भाग जलेको छ उहाँको अवस्था मध्यम रहेको बताउनुभयो। आगलागीपछि प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरेको नेतृत्वमा घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ।

स्थानीय बासिन्दा, जनप्रतिनिधि र प्रहरीको सक्रियतामा आगो नियन्त्रणमा लिएसंगै अन्य घरहरु जोगिएको वडा नम्बर २ का वडा अध्यक्ष बुद्धि बहादुर थापाले जानकारी दिनुभयाे।

प्रतिकृया दिनुहोस्

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...