News Portal

बादलका छोरा प्रहरी निगरानीमा, कसरी खुल्यो पोल ?

हिमालीसंचार संवाददाता
३७८ पटक

गगन अर्याल, काठमाडौ। २०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाललगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन्।

जिल्ला अदालत काठमाडौंले बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी भएपछि उनी उच्च निगरानीमा छन् भने जतिसुकै बेला पनि पक्राउ पर्न सक्ने प्रहरी स्रोत बताउँछ। प्रहरी स्रोतले प्रतीक विदेश पुगिसकेको समेत दाबी गरेको छ।

तर, पूर्वगृहमन्त्री थापाको परिवारले भने प्रतीक स्वदेशमै रहेको बतायो। ‘अहिलेसम्म प्रहरीबाट खोजी भएको छैन, अनुसन्धानका लागि बोलाएमा म प्रहरीकोमा जान्छु,’ प्रतिकको भनाइ उद्धृत गर्दै पारिवारिक स्रोतले लोकान्तरसँग भन्यो। पूर्वगृहमन्त्रीका छोरा प्रतिकले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पनि दावी गरेका छन्।

कसरी खुल्यो पोल ?

२०७८ सालको माघ–फागुनमा भुटानी शरणार्थी बनाएर पठाउने गिरोहको पैसा उठाउने नाइके मध्येका केशव दुलालले अपराध अनुसन्धान कार्यालयमा आफूहरू ठगिएको भन्दै उजुरी दिएका थिए। त्यो समयमा उनले नेपालका शक्तिशाली व्यक्तिहरूको नाम लिँदै दिएको उजुरीमा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान थालेको थियो।

तर पछि केशव लगायत केहीविरुद्ध उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अपराध अनुसन्धान कार्यालयले गत चैत १३ गते ३ जनालाई पक्राउ गर्‍यो। त्यो समयमा ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको थियो।

त्यो बेलामा ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङको शनिश्वरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ का ४५ बर्षीय टंककुमार गुरुङलाई सार्वजनिक गरिएको थियो।

उनीहरूले १ जना व्यक्तिबाट १५–२० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो।

लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङको शनिश्वरे पथरी नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरिएको थियो।

वैशाख ६ गते थप १० जना दाङ, मोरङ, कास्की लगायतका जिल्लाका पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राईलगायले ठगी गरेको भन्दै उजुरी दिएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...