News Portal

बादलका छोरा प्रहरी निगरानीमा, कसरी खुल्यो पोल ?

हिमालीसंचार संवाददाता
४२३ पटक

गगन अर्याल, काठमाडौ। २०७८ चैतमा नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भनेर ठगी गरेको भन्दै केशव दुलाललगायतका व्यक्तिहरूलाई पक्राउ परेसँगै पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतिक प्रहरीलाई छल्दै हिँडिरहेका छन्।

जिल्ला अदालत काठमाडौंले बादलका छोरा प्रतिकविरुद्ध पक्राउ पुर्जी जारी गरिसकेको छ। पक्राउ पुर्जी जारी भएपछि उनी उच्च निगरानीमा छन् भने जतिसुकै बेला पनि पक्राउ पर्न सक्ने प्रहरी स्रोत बताउँछ। प्रहरी स्रोतले प्रतीक विदेश पुगिसकेको समेत दाबी गरेको छ।

तर, पूर्वगृहमन्त्री थापाको परिवारले भने प्रतीक स्वदेशमै रहेको बतायो। ‘अहिलेसम्म प्रहरीबाट खोजी भएको छैन, अनुसन्धानका लागि बोलाएमा म प्रहरीकोमा जान्छु,’ प्रतिकको भनाइ उद्धृत गर्दै पारिवारिक स्रोतले लोकान्तरसँग भन्यो। पूर्वगृहमन्त्रीका छोरा प्रतिकले शरणार्थी प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको पनि दावी गरेका छन्।

कसरी खुल्यो पोल ?

२०७८ सालको माघ–फागुनमा भुटानी शरणार्थी बनाएर पठाउने गिरोहको पैसा उठाउने नाइके मध्येका केशव दुलालले अपराध अनुसन्धान कार्यालयमा आफूहरू ठगिएको भन्दै उजुरी दिएका थिए। त्यो समयमा उनले नेपालका शक्तिशाली व्यक्तिहरूको नाम लिँदै दिएको उजुरीमा प्रहरीले सुक्ष्म रूपमा अनुसन्धान थालेको थियो।

तर पछि केशव लगायत केहीविरुद्ध उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो। अपराध अनुसन्धान कार्यालयले गत चैत १३ गते ३ जनालाई पक्राउ गर्‍यो। त्यो समयमा ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले उनीहरूलाई सार्वजनिक गरेको थियो।

त्यो बेलामा ललितपुर महानगरपालिका–२३ का ५० वर्षीय सानु भण्डारी, मोरङको शनिश्वरे नगरपालिका–१० का ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ का ४५ बर्षीय टंककुमार गुरुङलाई सार्वजनिक गरिएको थियो।

उनीहरूले १ जना व्यक्तिबाट १५–२० लाख रुपैयाँ ठगी गरेको भन्दै उजुरी परेको अपराध अनुसन्धान कार्यालयले जनाएको थियो।

लगत्तै चैत १६ गते थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै मोरङको शनिश्वरे पथरी नगरपालिका–१० का ४४ वर्षीय सागर राईलाई पक्राउ गरिएको थियो।

वैशाख ६ गते थप १० जना दाङ, मोरङ, कास्की लगायतका जिल्लाका पीडितहरूले थप ५ करोड १९ लाख ९८ हजार रुपैयाँ सन्देश शर्मा, केशव दुलाल, सानु भण्डारी, सागर राईलगायले ठगी गरेको भन्दै उजुरी दिएका थिए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...