News Portal

सशस्त्रका असई थमन विकको हत्या आरोपित फरार सांसद कोइरी निलम्बित

हिमालीसंचार संवाददाता
२५० पटक

काठमाडौं। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त भएको भन्दै पुनः दोस्रोपटक पत्राचार गरेपछि मंगलबार सभामुख घिमिरेले सांसद पदबाट निलम्बन गरेका छन्। कोइरी गएको ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट महोत्तरी–१ बाट सांसद बनेका थिए।

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतले थुनामा राख्न आदेश दिए पनि कोइरी त्यसयता फरार छन।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा प्रतिनिधिसभामा देखिएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी त्यसयताका कुनैपनि बैठकमा उपस्थित छैनन्।

प्रतिकृया दिनुहोस्

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...