News Portal

सशस्त्रका असई थमन विकको हत्या आरोपित फरार सांसद कोइरी निलम्बित

हिमालीसंचार संवाददाता
२९३ पटक

काठमाडौं। सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या अभियोग लागेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी निलम्बित भएका छन्।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरीलाई निलम्बन गरेका हुन्।

नेपाल प्रहरीले कोइरी फरार अभियुक्त भएको भन्दै पुनः दोस्रोपटक पत्राचार गरेपछि मंगलबार सभामुख घिमिरेले सांसद पदबाट निलम्बन गरेका छन्। कोइरी गएको ४ मंसिरको प्रतिनिधि सभाको निर्वाचनमा एमालेबाट महोत्तरी–१ बाट सांसद बनेका थिए।

मधेश आन्दोलनका बेला २०७२ भदौ २५ गते सशस्त्र प्रहरीका सहायक निरीक्षक थमन विकको हत्या आरोपित कोइरीलाई उच्च अदालत जनकपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। अदालतले थुनामा राख्न आदेश दिए पनि कोइरी त्यसयता फरार छन।

पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो पटक विश्वासको मत लिँदै गर्दा प्रतिनिधिसभामा देखिएका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी त्यसयताका कुनैपनि बैठकमा उपस्थित छैनन्।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...