News Portal

धनगढीमा बुवाले गरे आफ्नै छोराको हत्या

हिमालीसंचार संवाददाता
३७० पटक

धनगढी। धनगढीमा बुवाले आफ्नै छोराको हत्या गरेका छन्। आज १२ः१५ बजे धनगढी उपमहानगरपालिका–६ मट्यारीका ४७ वर्षीय महेशकुमार चौधरीले आफ्नै छोरा २१ वर्षीय अर्जुन चौधरीको हत्या गरेका हुन्।

अर्जुनलाई घर देखि करिब १५० मिटर टाढा जंगलमा ईटाले टाउकोमा हानि हत्या गरेको महेशकुमार आफैले स्वीकार गरेको प्रहरीले जनाएको छ।

छोराको घटना स्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त भएपछि वडा प्रहरी कार्यालय धनगढीबाट प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमको कमाण्डमा खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पाल कमाण्डको टोलीले बुवा महेशकुमार चौधरीलाई नियन्त्रणमा लिएको बताइएको छ।

घटना भएको स्थान जिल्ला प्रहरी कार्यालय कैलालीबाट ५ किलोमिटर उत्तरमा पर्छ। यस विषयमा थप अनुसन्धान भइरहेको छ। दिनेशखबर

प्रतिकृया दिनुहोस्

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...