News Portal

किर्ते कागजपत्रमा दोषी एमाले पूर्व सांसद खातुन जेल चलान

हिमालीसंचार संवाददाता
३११ पटक

विराटनगर। नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छन्।

सरकारी कागज किर्ते तथा नक्कल गरेको अभियोगमा जिल्ला अदालत, मोरङ तथा उच्च अदालत विराटनगरको फैसलामा दोषी देखिएकी कोसी प्रदेशका पूर्व सांसद खातुन जेल चलान भएकी हुन्। उनी आफै आत्मसमर्पण गर्न शुक्रबार अदालतमा पुगेकी थिइन्।

जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाले २०७४ वैशाख ३१ गते गरेको फैसला अनुसार सांसद खातुनसहित उनका श्रीमान् शेख शिलबर मियाँ, तत्कालीन गाविस सचिव विजय कामत र दिपचन्द्र मण्डललाई १ वर्ष जेल सजाय तोकिएको छ।

जिल्ला अदालतको फैसलाविरुद्ध पुनरावेदन गरे पनि विराटनगर उच्च अदालतले २०७४ पुस ९ गते जिल्लाको सोही फैसला नै सदर गरिदिएको थियो। सो अदालतले सरकारी कर्मचारी भएका कारण पूर्व गाविस सचिव कामत र मण्डललाई भने २ वर्षको सजाय तोकिदिएको छ।

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले पूर्व प्रदेश सभा सदस्य खातुन स्वयं उपस्थित हुन आएलगत्तै अदालतले आवश्यक प्रक्रिया पुरा गरी कैद भुक्तानका लागि कारागार पठाएको सुनाए।

तत्कालीन कटहरी गाउँपालिकास्थित मधुसूदनराज पाण्डेको ३ विगाह १० कट्ठा मोही जग्गा हत्याउनका लागि उनले गरेको सरकारी कागजपत्र किर्ते गरेको पछि खुल्न आएको थियो।

२०७१ चैत ४ गते तत्कालीन कदमाह गाउँ विकास समितिका सचिवले सो कागजपत्र किर्ते गराउन भूमिका खेलेको अदालतले ठहर गर्दै जेल सजाय तोकेको हो। न्युजकारखानाबाट।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...