News Portal

झापामा केपी ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भङ्ग गर्ने प्रयास भएको बताए भन्दै आपत्ति जनाएका छन्।

काठमाडौँबाट झापाको भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिरपट्टि बसेर होहल्ला गर्ने, कार्यक्रम बिथोल्न खोज्ने, शान्ति भङ्ग गराउन खोज्ने काम भएको गिरिको भनाई छ।

एमालेको सत्तापक्षको कार्यकर्ताको सहभागितामा प्रतिपक्षलाई जिस्क्याइएको बताउँदै उनले, ‘एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढङ्गले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ, सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ।”

मुलुकमा शान्तिको प्रत्याभूति गराउने दायित्व सत्तापक्षको भएको भन्दै प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...