News Portal

झापामा केपी ओलीमाथि होहल्लासहित ढुंगामुढाको प्रयास

हिमालीसंचार संवाददाता
२८५ पटक

काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली झापाको बुधबारेको कार्यक्रममा सहभागी हुन जाँदा कार्यक्रमस्थल बाहिर होहल्लासँगै ढुंगामुडाको प्रयास गरिएको छ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले आज झापामा कार्यक्रमस्थलबाहिरबाट कार्यक्रम भङ्ग गर्ने प्रयास भएको बताए भन्दै आपत्ति जनाएका छन्।

काठमाडौँबाट झापाको भद्रपुर विमानस्थलबाट कार्यक्रमस्थल बुधबारे जाने क्रममा कार्यक्रमस्थलबाहिरपट्टि बसेर होहल्ला गर्ने, कार्यक्रम बिथोल्न खोज्ने, शान्ति भङ्ग गराउन खोज्ने काम भएको गिरिको भनाई छ।

एमालेको सत्तापक्षको कार्यकर्ताको सहभागितामा प्रतिपक्षलाई जिस्क्याइएको बताउँदै उनले, ‘एमालेको नेतृत्व एउटा कार्यक्रममा सहभागी हुन जाँदा जुन प्रकारले ढुंगामुढा गर्ने कोसिस गरिन्छ, अनेकन ढङ्गले कार्यक्रम भाँड्ने कोसिस गरिन्छ, सत्तापक्षकै कार्यकर्ता त्यसमा घुसपैठ गरिन्छ।”

मुलुकमा शान्तिको प्रत्याभूति गराउने दायित्व सत्तापक्षको भएको भन्दै प्रतिपक्ष चुप लागेर नबस्ने चेतावनी दिएका छन्।

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...