News Portal

बारा-२ मा रास्वपाका रमेश खरेलको जमानत जफत

हिमालीसंचार संवाददाता
५२२ पटक

कलैया। बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ। निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत पाएका छन्।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो।

बारा-२ मा ३४ उम्मेदवारमध्ये तीन जनाले मात्र दस प्रतिशत मत कटाएका छन्। बारा-२ बाट जसपा अध्यक्ष उपेन्द्र यादव २८ हजार ४१५ मतसहित निर्वाचित भइसकेका छन्। उनलाई सत्ता गठबन्धनको समर्थन थियो।

उनका निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत पाए भने एमालेका पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...