
काठमाडौँ। वैदेशिक रोजगारीको लागि क्यानडा पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ परेकी छन्। पोखरा घर भई हाल गोकर्णेश्वर–५ बस्ने विपना कुँवरले सुनिता गोतामेलाई क्यानडामा वेटरको काम लगाइदिन्छु भन्दै ९ लाख रुपैयाँ ठगी गरेकी थिइन्।
पीडितबाट पटकपटक गरी रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको थियो।
कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले ३४ वर्षीया कुँवरलाई गोकर्णेश्वरको जम्बुडाँडाबाट पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
