News Portal

सुडानमा जारी द्धन्द्धका कारण ४ सय बढीकाे मृत्यु

३ हजार बढी घाइते, ३७ लाख मानिस विस्थापित

हिमालीसंचार संवाददाता
२९१ पटक

एजेन्सी। सुडानमा गत शनिबारदेखि सुरु भएको द्धन्द्धका कारण ४ सय १३ जनाको मृत्यु भएको छ। ३ हजार ५ सय ५१ जना घाइते भएकाे शुक्रबार विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जानकारी गराएकाे हाे।

सुडानका सेना प्रमुख अब्देल फत्ताह अल बुरहान र उनका सहयोगी शक्तिशाली अर्धसैनिक र्यापिड सपोर्ट फोर्सेज (आरएसएफ)का कमाण्डर मोहम्मद हमदान डग्लोबीच झडप भएको हो।

आईओएमका महानिर्देशक एन्टोनियो भिटोरिनोले जारी गरेको एक विज्ञप्तिमा एल ओबेद दक्षिणमा आफ्नो परिवारसँग यात्रा गरिरहेको एक गाडी दुई द्वन्द्वरत पक्षबीच भएको भिडन्तमा फसेपछि आईओएम सुडानका एक समर्पित कर्मचारीको मृत्यु भएको पुष्टि गरिएको उल्लेख छ।

साथै, संयुक्त राष्ट्रसंघीय आप्रवासन निकायले दक्षिणी सुडानमा शुक्रबार भएको भिडन्तमा आफ्ना एक कर्मचारीको मृत्यु भएको जनाएको छ।

अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आइओएम)मा कार्यरत ति मानवीय सहायताकर्मी सुडानमा शनिबार भएको द्वन्द्वपछि मृत्यु भएका संयुक्त राष्ट्रसंघका चौथो कर्मचारी हुन्। पूर्वी सुडानको उत्तरी डार्फर क्षेत्रमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)का ३ जना कर्मचारीको हत्या भएको छ।

भिटोरिनोले कर्मचारीको सुरक्षा आफ्नो उच्च प्राथमिकता भएको र संयुक्त राष्ट्रसंघका अन्य निकायसँग मिलेर उनीहरूको सुरक्षा प्रतिक्रिया अद्यावधिक गर्ने बताएका छन्।

प्रतिकृया दिनुहोस्

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...