News Portal

जीवन बिकासले बनायो अतिबिपन्न परिवारकाे घर

हिमालीसंचार संवाददाता
२१८ पटक

रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन।

उनिहरुले बाँसकाे खम्बा, बाँसकाे कर्चिबाट टाटी र टाटिमा लिपपाेत गरि टिनकाे छानाे समेत लगाएर घर हस्तान्तरण गराएका थिए। उनिहरुले रंगेली नगरपालिका ७ स्थित निचामारी प्राथमिक बिधालय नजिकै खाेलाकाे किनारमा १० धुर ओैलानि जग्गामा बिगत २ बर्ष अगाडिदेखि बसाेवास गर्दे आईरहेकी सरस्वतीदेवी मंण्डल र उनको ३ बर्षकाे छाेरा प्रेम मंण्डल र बर्ष ५ का अस्मिता मंण्डल दुई बर्षदेखि खाेलाकाे किनारमा चारैतिर प्वाल परेकाे घरमा बस्दै आईरका थिए।

उनको ३६ बर्षका श्रिमान श्रीराम मंण्डल बिगत ४ बर्षदेखि बेपत्ता हुदा उनिहरुकाे बिचल्लीमा परेका हुन राेजगारीकाे शिलशिलामा भारतकाे पन्जाव गएका थिए। साे गाउँमा नेता हु भन्नेहरुले समेत दुई बर्षदेखि केही नगरेको उनलेे दुखेसाे पाेखिन उनको घर नहुदा दुई बर्षदेखि प्वाल परेको घरमा बस्न बाध्य रहेकी थिईन।

जीवन बिकासले उक्त परिवारलाई केही राहत हाेस भनेर नयाँ घर निर्माण गरेर दिएकाे छ। तर अहिले पनि उनिहरुकाे जिउमा एक सराे नत राम्रो लुगा नै छ, नत सुत्नकाे लागि खाट नै छ, नत राम्रो ओछ्याने लुगाफाटो नै छ। नत गर्मिकाे समयमा लामखुट्टे बाट बच्नका लागि झुल नै छ।

जीवन बिकासले उनको दुई छाेरा, छाेरीलाई १ बर्षकाे लागि बिधालयमा पठनपाठन गराउने जिम्मेवारी त लियो तर उनीहरुका लागि दुई छाट टार्नेका लागि अहिलेसम्म कसैले सहयोग नगर्दे भाेकभाेकै बस्न बाध्य रहेका छन।

श्रमदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्जय मंण्डल लधुबित्त बिभाग प्रमुख मनाेज कुमार साह, संस्थागत सामाजिक बिकाश प्रमुख बिजय कुमार मंण्डल, माेरङ जिल्ला जिल्ला प्रमुख शिवचरण दास, कर्सिया साखा प्रमुख गायत्री पाेख्रेल, रंगेली शाखा प्रमुखलगायत सम्पुर्ण कर्मचारी, जीवन बिकासमा आबद्ध महिलाहरुकाे श्रमदानबाट घर निर्माणकार्य सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

इरान युद्ध गम्भीर मोडमा: ८०० भन्दा बढीको मृत्यु, हजारौँ घाइते, विश्वभर इन्धन मूल्य वृद्धि हुने

काठमाडौं — मध्यपूर्वमा बढ्दो सैन्य टकरावबीच इरान केन्द्रित युद्धले गम्भीर रूप लिएको छ। पछिल्ला दिनहरूमा...

साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

काठमाडौंः साउदी अरबको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण भएको छ । दूतावासको भवनमा दुईवटा ड्रोनबाट...

आज २०८२ साल फागुन १९ गतेको राशिफल

आज फागुन १९, २०८२ ( मार्च ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी क्षेत्रमा युद्धको छायाँ, कुवेतमा अमेरिकी सैन्य विमान दुर्घटना

इरान र इजरायलबीचको चर्किंदो सैन्य तनावले खाडी क्षेत्रको सुरक्षा अवस्था थप अस्थिर बन्दै गएको छ।...

कवेतमा उच्च सतर्कता, जनजीवन सामान्य

कुवेत – पछिल्ला दिनहरूमा इरान, इजरायल र संयुक्त राज्य अमेरिका बीच चर्किएको सैन्य तनावले सम्पूर्ण...