News Portal

जीवन बिकासले बनायो अतिबिपन्न परिवारकाे घर

हिमालीसंचार संवाददाता
१९९ पटक

रबिन्द्र बराल, मोरङ। जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रत्येक बर्ष बैशाख ७ गते स्वयंसेवक दिवस मनाउँदै आएकाे छ। साे अवसरमा रंगेली-७ का एक अतिविपन्न परिवारलाई घर बनाएर हस्तान्तरण गराएका हुन।

उनिहरुले बाँसकाे खम्बा, बाँसकाे कर्चिबाट टाटी र टाटिमा लिपपाेत गरि टिनकाे छानाे समेत लगाएर घर हस्तान्तरण गराएका थिए। उनिहरुले रंगेली नगरपालिका ७ स्थित निचामारी प्राथमिक बिधालय नजिकै खाेलाकाे किनारमा १० धुर ओैलानि जग्गामा बिगत २ बर्ष अगाडिदेखि बसाेवास गर्दे आईरहेकी सरस्वतीदेवी मंण्डल र उनको ३ बर्षकाे छाेरा प्रेम मंण्डल र बर्ष ५ का अस्मिता मंण्डल दुई बर्षदेखि खाेलाकाे किनारमा चारैतिर प्वाल परेकाे घरमा बस्दै आईरका थिए।

उनको ३६ बर्षका श्रिमान श्रीराम मंण्डल बिगत ४ बर्षदेखि बेपत्ता हुदा उनिहरुकाे बिचल्लीमा परेका हुन राेजगारीकाे शिलशिलामा भारतकाे पन्जाव गएका थिए। साे गाउँमा नेता हु भन्नेहरुले समेत दुई बर्षदेखि केही नगरेको उनलेे दुखेसाे पाेखिन उनको घर नहुदा दुई बर्षदेखि प्वाल परेको घरमा बस्न बाध्य रहेकी थिईन।

जीवन बिकासले उक्त परिवारलाई केही राहत हाेस भनेर नयाँ घर निर्माण गरेर दिएकाे छ। तर अहिले पनि उनिहरुकाे जिउमा एक सराे नत राम्रो लुगा नै छ, नत सुत्नकाे लागि खाट नै छ, नत राम्रो ओछ्याने लुगाफाटो नै छ। नत गर्मिकाे समयमा लामखुट्टे बाट बच्नका लागि झुल नै छ।

जीवन बिकासले उनको दुई छाेरा, छाेरीलाई १ बर्षकाे लागि बिधालयमा पठनपाठन गराउने जिम्मेवारी त लियो तर उनीहरुका लागि दुई छाट टार्नेका लागि अहिलेसम्म कसैले सहयोग नगर्दे भाेकभाेकै बस्न बाध्य रहेका छन।

श्रमदान कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सन्जय मंण्डल लधुबित्त बिभाग प्रमुख मनाेज कुमार साह, संस्थागत सामाजिक बिकाश प्रमुख बिजय कुमार मंण्डल, माेरङ जिल्ला जिल्ला प्रमुख शिवचरण दास, कर्सिया साखा प्रमुख गायत्री पाेख्रेल, रंगेली शाखा प्रमुखलगायत सम्पुर्ण कर्मचारी, जीवन बिकासमा आबद्ध महिलाहरुकाे श्रमदानबाट घर निर्माणकार्य सम्पन्न भएको थियोे।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...

गगनकुमार थापाले भने आधिकारिक कांग्रेस हामी हाै

काठमाडौं – नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको कारबाहीमा परेका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशनले पार्टीको...

कांग्रेस सहमहामन्त्री मन्सुर पाँच वर्षका लागि निष्काशित

काठमाडौं, ३० पुष – नेपाली कांग्रेसका सहमहामन्त्री फरमुल्ला मन्सुरलाई पार्टीले पाँच वर्षका लागि निष्काशन गरेको...