आज : २०२६-०७-०५, आइतबार

कुवेतसहित साउदी र कतारमा भोलि शुक्रबारदेखि ईद मनाईदै

कुवेत। साउदी अरेबियाले भोलि अप्रिल २१ तारिख शुक्रबार दिन इद अल फित्रको पहिलो दिन आधिकारिक रुपमा पुष्टि गरेको छ। चन्द्रमा हेर्ने परम्परा अनुसार आज बिहीबार औपचारिक रूपमा घोषणा गरिएको हो।

त्यहाँको चन्द्र दर्शन समितिले आज बिहीबार अप्रिल २० तारिखलाई रमजान महिनाको अन्तिम दिन हुने र शुक्रबारदेखि इद उल फित्र मनाइने घोषणा गरेको हो।

त्यस्तै, ओमानले बिहीबार घोषणा गरेको छ कि इद अल फित्रको पहिलो दिन त्यहाँ पर्सी शनिबार अप्रिल २२ तारिखमा मनाइनेछ भने, कुवेत, कतार र युएईलगायतका देशहरुमा भोलि शुक्रबारदेखि इद उल फित्र मनाइनेछ।