News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • साउदीले माग्यो नेपाली नर्स, तलब कति ?

    हिमालीसंचार संवाददाता
    १९३ पटक

    रियाद। नेपाली नर्सका लागि साउदी नयाँ र उत्कृष्ट गन्तव्यका रुपमा अघि बढ्दै गएको छ। हाल झण्डै ६०० को संख्यामा साउदीमा नेपाली नर्सहरु रहेका छन्। पछिल्लो समय थप २०० नर्सको माग आएको छ।

    बेस मल्टिनेसनल हस्पिटल ग्रुपको डा.सुलिमान अल हबिब हस्पिटल ग्रुप एचएमजीले यो वर्ष २०० नेपाली नर्स माग गरेको हो। मनास्लु इन्टरनेशनल सर्भिसले साउदीमा नेपाली नर्सलाई अवसरबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त हस्पिटलमा कामका लागि जान चाहने नर्सहरुले डकुमेन्ट खर्च बाहेक अन्य खर्च व्यहोर्न नपर्ने जानकारी दिएको छ।

    सर्भिसका प्रमुख बालकृष्ण श्रेष्ठले अस्पतालले एक वर्षको आउन जान टिकट, आवास, शतप्रतिशत कभर मेडिकल इन्स्योरेन्स उपलब्ध गराउने बताए। नर्सहरूको लागि भिसा लागत, सरकारी शुल्क, ज्वाइनिङ टिकट र अन्य खर्च पनि अस्पतालले नै व्यहोर्नेछ। बिहीबार मात्रै १४ जना नेपाली नर्स साउदीमा रोजगारीका लागि जाँदैछन्।

    नर्सहरुका लागि नर्सिङमा आफ्नो करियर सुरु गर्ने र विश्व स्तरीय अस्पतालमा बहुमूल्य अनुभव प्राप्त गर्ने यो उत्कृष्ट अवसर रहेको श्रेष्ठले बताए। उनका अनुसार अङ्ग्रेजी भाषा राम्रो भएको, कम्युटरको ज्ञान भएको, २१ वर्ष उमेर पुगेको नर्सले आवेदन दिन सक्ने छन्। यसरी जाने नर्सहरुले मासिक १ लाख २० हजारदेखि २ लाख पाउने श्रेष्ठले जानकारी दिए।

    डा.सुलिमान अल हबिब हस्पिटलले विगत एक वर्षदेखि ४० नेपाली नर्सहरूलाई रोजगारी दिँदै आएको छ। साउदी सरकारको मापदण्ड अनुसार नर्सको रूपमा काम गर्न योग्य हुन नर्सहरूसँग एक वर्षको क्लिनिकल अनुभव हुनुपर्छ। अस्पतालले आफ्ना कर्मचारीहरूको लागि उत्कृष्ट काम गर्ने वातावरण प्रदान गर्न र उनीहरूलाई राम्रोसँग हेरचाहको सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएको छ।

    कार्यक्रममा साउदीको अस्पतालहरुमा कार्यरत नर्सहरुको पनि सहभागिता थियो। उनीहरुले आफूले मासिक तलव २ लाखसम्म कमाएको जानकारी गराएका थिए। उनीहरुले नेपालमा रोजगारीको अवसर नपाएपछि विदेसिन बाध्य भइरहँदा अष्ट्रेलिया, वेलायत, अमेरिकामा जान लाखौं खर्चन परिरहेको अवस्थामा साउदीमा थोरै खर्चमा जान पाउनु राम्रो अवसर रहेको बताए। सन् २०१९ बाट नेपाली नर्सहरु साउदीका विभिन्न अस्पतालमा कार्यरत छन्।

    प्रतिकृया दिनुहोस्

    संतुलित कुटनैतिक संम्बन्ध आजको आबश्यकता

    अस्थिर राजनीतिले निम्त्याएको संकटमा देश दिनप्रतिदिन खस्किदो अबस्थामा पुग्यो। जनगुनासो सुन्ने नैतिक जिम्मेवारी, जन-उत्तरदायी नभएको...

    पहलगाम आतंकी हमला : लस्कर-ए-तोयबाका तीन आतङ्ककारीको नाम खुले

    काठमाडौं, वैशाख १० – भारतको जम्मु कश्मीरस्थित पर्यटकीय क्षेत्र पहलगाममा वैशाख ९ गते भएको आतङ्कवादी...

    एनआरएनएको एकता महाधिवेशनमा डेलिगेट बन्न ३,१८१ जनाको आवेदन, प्रमाणीकरण प्रक्रिया तीव्र

    काठमाडौँ, वैशाख १० — गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी एकता महाधिवेशनका लागि डेलिगेट बन्न...

    धरान ११ मा विकासको विवाद: नगरप्रमुख साम्पाङसहित तीन जनाविरुद्ध उजुरी

    धरान, वैशाख १० – धरान उपमहानगरपालिका–११ मा बाटो र ढल निर्माणको विषयलाई लिएर चर्किएको विवादले...

    निजामती विधेयक प्रक्रिया अगाडि बढ्दै, आन्दोलन रोक्न गगन थापाको ट्रेड युनियनलाई आग्रह

    काठमाडौं, वैशाख १० – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारीहरूको आन्दोलन तत्कालका लागि स्थगित...