News Portal

अब धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बेला आएको छ : नेता रायमाझी

हिमाली संचार संवाददाता
६५८ पटक

बुटवल– पूर्व उपप्रधानमन्त्री एवम् नेकपाका नेता टोपबहादुर रायमाझीले धर्म सस्कृतीको रक्षा गर्नुपर्ने समय आएको बताएका छन् । मंगलबार गृहजिल्ला अर्घाखाँचीको मालारानी गाउँपालिक स्थित प्रथम भण्डारथुम महोत्सव तथा दशंै मेलाको उद्घाटन गदै पूर्व उपप्रधानमन्त्री रायमाझीले यस्तो कुरामा जोड दिएका हुन ।

धर्म संस्कृतिको रक्षासँगै पर्यटन विकास गर्न सकिने  उनको भनाई थियो  । उनले अर्घाखाची जिल्लाको विकासमा केन्द्र सरकारको बजेटले देशका अन्य जिल्लाहरु भन्दा बढी समेटेको बताए ।

अर्घाखाचीबाट प्रतिनिधिसभा सदस्य समेत रहेका रायमाझीले जिल्लाका अधिकाँश सडकहरु अब छिट्टै कालोपत्रे हुने जानकारी दिए । ‘केन्द्रीय सरकारबाट अर्घाखाचीका ७ वटा सडकमा प्रयाप्त वजेट परेको छ रायमाझीले भने‘ –निर्माण व्यवसायीले समयमै काम गरेमा अबको एक बर्षमा यी सवै सडक कालोपत्रे हुन्छन् ।’

नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) का प्रभावशाली नेता समेत रहेका रायमाझीले खानेपानी, विद्युत, सडक, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालनलाई प्रभावकारी र दिगो रुपमा विकास अगाडि बढेको बताए ।

उनले मालारानी १ ले भण्डारथुम प्रथम महोत्सव तथा दशै मेलाको आयोजना गरेर यहाँ रहेका पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचार प्रसारमा ठुलो सहयोग पुग्ने बताए । अर्घाखाचीमा थुप्रै पर्यटकीय क्षेत्रहरु रहेका छन पूर्व उपप्रधानमन्त्री रायमाझीले भने‘ लुम्बिनीसँगैं सुपादेउराली, अर्घा भगवती मन्दिर, मालारानी लगायत भण्डारथुमलाई पर्यटकीय क्षेत्र जोडनुपर्छ ।’ उनले अर्घाखाचीलाई नमुना जिल्ला बनाई छाड्ने दावी समेत गरे ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य चन्द्र खड्का उज्वलले भण्डारथिुमलाई ज्ञानको भण्डारथुमको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।

महोत्सवमा गुल्मीको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल, मालारानी गाउँपालिका अध्यक्ष वालकृष्ण शर्मा आचार्य मरेङ्ग रुपन्देही सम्पर्क मञ्चका अध्यक्ष झविन्द्र फुल्लेल  लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिकृया दिनुहोस्

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...