News Portal

हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

हिमालीसंचार संवाददाता
३१८ पटक

लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।

एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ। दुवैलाई प्रहरीले हतकडी पनि लगाएको छ।

अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो। अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए। हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्‍याएको थियो।

प्रहरीको घेरामै रहेर अस्पताल छिर्ने क्रममा पत्रकारहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए। जवाफ दिइरहेका अतिकमाथि पछाडिबाट कसैले सपधा टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ।

अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अतिक ग्याङस्टार थिए। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए। आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्। – एजेन्सी

प्रतिकृया दिनुहोस्

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...