News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • हतकडीसहित प्रहरी घेरामा रहेका उत्तर प्रदेशका पूर्वसांसदको गोली हानी हत्या

    हिमालीसंचार संवाददाता
    २०९ पटक

    लखनऊ। भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। प्रयागराजस्थित एक अस्पताल अगाडि पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली हानिएको थियो।

    एएनआईद्वारा सार्वजनिक भिडिओमा उनीहरू प्रहरीको गाडीबाट उत्रिएर प्रहरीसँगै हिँड्दै गरेको देखिन्छ। दुवैलाई प्रहरीले हतकडी पनि लगाएको छ।

    अतिक र उनका भाइलाई प्रहरीले परीक्षणका लागि अस्पताल लैजान लागेको थियो। अहमद दाजुभाइ उत्तर प्रदेशका विधायक राजु पाल र उमेश पालको हत्यामा अभियुक्त थिए। हिरासतमा रहेका उनीहरूलाई प्रहरीले एउटै हतकडी लगाएर अस्पताल पुर्‍याएको थियो।

    प्रहरीको घेरामै रहेर अस्पताल छिर्ने क्रममा पत्रकारहरूले अतिकसँग केही दिनअघि उनका छोरा प्रहरी इन्काउन्टरमा मारिएको घटनाबारे प्रश्न सोधेका थिए। जवाफ दिइरहेका अतिकमाथि पछाडिबाट कसैले सपधा टाउकोमा गोली हानिएको दृश्य क्यामरामा कैद भएको छ।

    अतिक दाजुभाइमाथि दुई जनाले गोली हानेका थिए। उनीहरूसहित एक जना अर्का व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। अतिक ग्याङस्टार थिए। आपराधिक गतिविधिबाट राजनीतिमा आएका अतिक सन् २००९ सम्म लोकसभाका सदस्य थिए। आपराधिक गतिविधिमा संलग्न भएका अतिकका अरू दुई छोरा अहिले जेलमा छन्। – एजेन्सी

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ २७, २०८२ (जुन १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...