News Portal

कोरियामा अस्ताइन गुरुआमा मल्लिका थकाली

हिमालीसंचार संवाददाता
२७१ पटक

सउल। दक्षिण कोरियामा उपचारका क्रममा एक नेपाली समाजसेवी महिलाको निधन भएको छ। दर्जनौं नेपाली संघसंस्थामा आबद्ध रहेर समाजसेवा गर्दै आएकि मल्लिका थकाली अर्थात मिना हिराचनको उपचारका क्रममा दक्षिण काेरियाकाे राजधानी सउलस्थित सउल नेसनल अस्पतालमा निधन भएको हो।

ब्लड प्रेसर र सुगरबाट पिडित हिराचन केहि साता अघि विरामी परेर अस्पताल भर्ना हुनु भएको थियो। गत मार्च १४ तारिखमा आफ्नो जन्मदिनको पार्टी मनाएपछि उहाँ विरामी पर्नु भएको थियो। मृतक हिराचनको शव अस्पतालमा राखिएको छ। उनको मृत्युको खबरले शुभचिन्तक तथा आफन्तहरु काेरियामा स्तब्ध भएका छन्।

उनी विगत १५ वर्ष अगाडिबाट दक्षिण काेरियामा बस्दै आएकि थिईन। कोरीयामा नेपाली महिलाहरु कुनै समस्यामा परेर बस्ने खाने समस्या भयो भने राजधानी सोलस्थित दोङ्देमुनमा रहेको सेल्टर पुग्छन्। जहाँ खान बस्न मिल्छ।

नेपालमा समस्यामा परेका महिलालाई राख्ने राम्रो पुर्नस्थाना केन्द्र छैन, तर कोरीयामा यस्तो व्यवस्था मिलाउने काममा अग्रसरता उनै मल्लिका अग्रणी भूमिकामा थिइन्। महिलाहरुले काम छोडेर अथवा बिबिध कारणबस बाहिर बस्नु पर्दा हुने बसोबासको समस्यालाई टार्न सेल्टर स्थापना पनि उनको अग्रसरता थियो।

१५ बर्ष अगाडी सम्म मल्लिकालाई मुस्ताङ्गका जनताले गुरुआमा मान्थे। दाङको तुलसीपुर जन्मेकी श्रेष्ठको मुस्ताङमा बिहे भएपछि त्यही उनको २० बर्ष पढाएर बित्यो। शिक्षणसँगै सामाजिक काममा जोडिएकी मल्लिकालाइ गुरु आमाको नामले सबैले चिन्थे।

गाउँमा महिला दिदीबहिनीहरुलाई जागरुक बनाउने, सरसफाइँ तथा महिला जागरण अभियान चलाएकी उनको त्यो पहिचान अहिले मुस्ताङमासम्म मेटिएको छैन, तर शिक्षकबाट पेन्सनमा निस्केपछि कोरीया छिरेकी उनी कोरीयामा नेपाली महिलाकी आमाको रुपमा परिचित थिइन्।

‘सेल्टरमा समस्यामा परेका महिलाहरुलाई सेवा दिनुका साथै आर्थिक अवस्था कमजोर भएकाहरुलाई राहत संकलन गर्ने, मेडिकल शिविर राखेर स्वास्थ्य परिक्षण तथा यस्तै थुप्रौ मानव सेवामा रमाएकी छु’ २ महिना अगाडि मल्लिका याे पंक्तिकारसँग बताउथिन।

सुरुमा आदिबासी जनजाती महासंघ दक्षिण कोरिया शाखाको सदस्य भएर सामाजिक कार्य सुरुवात गरेकी मल्लिका महिलाको लागि महिला नामक संस्थाकी पूर्व अध्यक्ष, आदिबासी जनजाती महासंघ कोरिया शाखा उपाध्यक्ष, थकाली सेवा समाज उपाध्यक्ष र गैरआवासिय नेपाली संघ, नेपाली सम्पर्क समिती, आदि बिभिन्न संघ लगायतका संस्थामा सल्लाहकारको भुमिकामा थिइन्।

प्रवासमा महिलाहरुको हक अधिकार र समस्या समाधानसंग प्रत्यक्ष सरोकार र सहयोग गर्ने मात्र नभई नेपाली समुदायिक संघसंस्थासंग सहकार्य गर्न अग्रसर रहने मल्लिकाको कोरीयामा आयोजना हुने विविध कार्यक्रमहरुमा सहभागी भई विचार राख्ने तथा अन्य समाजिक सेवाका कार्यहरुमा छलफल गर्ने उनको दैनिकी जस्तै बनेको थियो।

मल्लिका उमेरले अरु भन्दा पनि पाको भएकाले सबैले अग्रज मानेर सल्लाह सुझाबको अपेक्षा समेत गर्थे। अचानक उनको मृत्युको खबरले दक्षिण काेरियाकाे नेपाली समुदाय स्तब्ध भएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...