News Portal

जनकपुर–जयनगर रेल सेवा अब बेलुकी पनि चल्ने

हिमालीसंचार संवाददाता
२४२ पटक

जनकपुरधाम। दैनिक दुईपटक चल्दै आएको जनकपुर–जयनगर रेल सेवा आजदेखि ४ पटक चल्न थालेको छ। नयाँ वर्ष २०८० सँगै नेपाल रेल्वे कम्पनीले सेवा विस्तार गरेको हो।

कम्पनीका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब जनकपुरधामको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र दिउँसो २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्ने छ।

यस्तै जयनगरबाट रेल जनकपुरधाम कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी ५ बजे प्रस्थान गर्ने महाप्रबन्धक झाले जानकारी दिए।

एकवर्ष अघि सञ्चालनमा आएको ब्रोडगेज रेल बिहान १० बजे जनकपुरबाट छुट्ने र साढे ११ बजे जयनगर पुग्ने गरेको थियो भने त्यहाँबाट जनकपुरधामका लागि दिउँसो ३ बजे प्रस्थान गर्ने गरेको थियो।

महाप्रबन्धक झाले विजलपुरासम्म रेल सेवा विस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...