News Portal

मोरङको रंगेलीमा नागरिकता नहुदा रोजगारीको लागि भारत जान बाध्य

हिमालीसंचार संवाददाता
३९५ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको लामो समयदेखि जन्म सिद्ध  नेपाली नागरिकता नपाउदा  पुर्वी मोरङका युवाहरु रोजगारीका लागि भारत जान बाध्य भएका छन् ।

नेपाली नागरिकता नभएका कारणले गर्दा स्वदेशमा रोजगारी पाउन नसकेपछि उनीहरु भारततर्फ गएर रोजगारी गर्ने वाध्य भएका छन। मोरङको रंगेली नगरपालिका–५ आमगाछीका सुकुम्वासी टोलका युवाहरु आफ्नो श्रीमति, छोरा छोरीहरुका  जीवन यापनका लागि भारतको विभिन्न स्थानहरुमा गएर परिवारका पालनपोषण गर्ने वाध्य भएका छन । 

सुकुम्वासी टोलका ३० घर परिवारमध्ये १५ परिवारका युवा-युवती तथा महिलाहरु भारतको दिल्ली, पञ्जाव, हरियाणा लगायतका शहरहरुमा गएर काम गर्न बाध्य छन्। नेपाली नागरिकता नहुदा बैक तथा वित्तिय संस्थाहरुले ऋण समेत प्रदान नगर्ने र रोजगार दाताहरुले काम पनि नदिने भएकाले घरमा ताला लगाएर युवाहरु विदेश पलायन भएको स्थानीय विनोद मण्डलले  बताए 

आमावुवा घरमा भएकाहरुले आमावुवाले घर हेरचाह गरेर वसेका छन भने आमावुवा नभएकाहरु घरमा ताला लगाएर तथा  आफन्तको जिम्मा लगाएर भारततर्फ रोजगारीका लागि  जान बाध्य भएका छन्।  ८ बर्षदेखि कोही भारतमा काम गरिरहेका छन भने केही युवाहरुले ६ महिनादेखि भारतमा गएर काम गर्दै आएका छन । 

आमावुवाको अंगीकृत नागरिकता भएकाले उनीहरुको सन्तानले नेपाली नागरिकता पाउन सकेका छैन । त्यस्ता परिवारलाई नेपाली नागरिकता प्रदान गर्न नेपाल सरकारले ल्याएको नागरिकता विधेयक पास हुन सकेको छैन । 

स्थानीय उर्मीलादेवी मालाकारका अनुसार दलका नेताहरुले भोट माग्दा नागरिकता बनाईदिने वाचा गर्छन्। तर, चुनाव सकिएपछि कसैले वास्ता नगरेको उनले दुखेसो पोखिन्। सर्जुदेवी ऋषीदेवले केहि परिवारले वित्तयसंस्थासंग ऋण लिएको र ती संस्थाले ऋण उठाउन कडाईगर्न थालेपछि युवाहरु विदेशीने  क्रम बढेको  समेत बताए । रोजगारी नभएपछि ऋण तिर्न समस्या भएको उनको भनाइ रहेको छ । 

नागरिक्ता नहुदा नगरपालिकाले संचालनमा ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमा समेत युवाहरुले काम गर्न पाइरहेका छैनन्। रोजगारीका लागि जहा गएपनि नागरिकका खोज्ने गरेकाले केहि सिप नलागेर वृद्ध आमावुवालाई घरको हेरचाह गर्ने राखेर छोरा-छोरी विदेश पलायन भएको उर्मिलाले सुनाईन ।  

यस्ता परिवारको समस्या समाधान गर्न सरकारले चाडै नागरिकता विद्येयक अघि वढाउनुपर्ने र यस्ता परिवारलाई विनाधितो तथा थोरै व्याज लिएर ऋणको व्यवस्था गर्नुपर्ने उनको बुझाई रहेको स्थानीय बिनोद मण्डलले हिमालीसंचारडटकमसंग बताए। कामगर्न सक्ने उमेर भएका छोराछोरी विदेशीय पनी घरमा रहेका वृद्ध आमावुवालाई दुइछाक खान समेत अहिले समस्या हुदै आएको छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...