News Portal

उपप्रधानमन्त्री खड्काद्वारा छिन्चु खोला पुल शिलान्यास

हिमालीसंचार संवाददाता
२८८ पटक

ज्योति कटुवाल, सुर्खेत। भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका छन्। शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले पुल बनेपछि लेकपराजुलको मुहार फेरिने बताए।

‘राजधानीकै छेउमै यति धेरै विकट छ, मैले पनि अनुभव गरेको छु,’ उनले भने, ‘पुल बनेपछि लेकपराजुलको दुःख र सुख राजधानीसँग साटासाट हुने छ।’

जनताको बिचमा कबुल गरेका विकास निर्माणहरू पालैपालो पूरा गर्न आफू तल्लीन रहनेसमेत उनले बताए।

विकास कसको पालामा आयो, कसले ल्यायो भन्ने महत्त्वपूर्ण होइन। उप्रधानमन्त्री खड्काले बजेटको सदुपयोग भएमात्र विकास गरिएको भन्ने जनताले विश्वास गर्ने बताए।

सडक डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख अविमनदास मुल्मीले १७ करोड ७२ लाख ५८ हजार ९ सय ६४ रुपैयाँमा ठेक्का लागेको बताए।

निर्माण कार्यको जिम्मा लिएको अन्जना वाइबा श्रेष्ठ जेबी काठमाडौंले तोकेको समयमा काम सम्पन्न गर्ने बताएको छ। पुलको चौडाई ११ मिटर छ। कार्यालय प्रमुख मुल्मीले पुलको निर्माणकार्य २०८२ वैशाखसम्म सम्पन्न हुने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...