News Portal

उपप्रधानमन्त्री खड्काद्वारा छिन्चु खोला पुल शिलान्यास

हिमालीसंचार संवाददाता
३३१ पटक

ज्योति कटुवाल, सुर्खेत। भेरीगंगा नगरपालिका–२ मा रहेको छिन्चु खोला पुलको उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले शिलान्यास गरेका छन्। शिलान्यासपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले पुल बनेपछि लेकपराजुलको मुहार फेरिने बताए।

‘राजधानीकै छेउमै यति धेरै विकट छ, मैले पनि अनुभव गरेको छु,’ उनले भने, ‘पुल बनेपछि लेकपराजुलको दुःख र सुख राजधानीसँग साटासाट हुने छ।’

जनताको बिचमा कबुल गरेका विकास निर्माणहरू पालैपालो पूरा गर्न आफू तल्लीन रहनेसमेत उनले बताए।

विकास कसको पालामा आयो, कसले ल्यायो भन्ने महत्त्वपूर्ण होइन। उप्रधानमन्त्री खड्काले बजेटको सदुपयोग भएमात्र विकास गरिएको भन्ने जनताले विश्वास गर्ने बताए।

सडक डिभिजन कार्यालय सुर्खेतका कार्यालय प्रमुख अविमनदास मुल्मीले १७ करोड ७२ लाख ५८ हजार ९ सय ६४ रुपैयाँमा ठेक्का लागेको बताए।

निर्माण कार्यको जिम्मा लिएको अन्जना वाइबा श्रेष्ठ जेबी काठमाडौंले तोकेको समयमा काम सम्पन्न गर्ने बताएको छ। पुलको चौडाई ११ मिटर छ। कार्यालय प्रमुख मुल्मीले पुलको निर्माणकार्य २०८२ वैशाखसम्म सम्पन्न हुने बताए।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...