News Portal

  • इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

    हिमालीसंचार संवाददाता
    १९१ पटक

    एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो।

    प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो। गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो।

    उक्त हिंसा थप चर्किदै गएको हो। इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो। तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए।

    गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको एजेन्सीले जनाएका छन्, क्षतिको विवरण आइसकेको छैन। हमासको रकेट आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

    नेतान्याहूको यस्तो अभिव्यक्तिपछि शुक्रबार बिहानै इजरायली सेनाले गाजामा हवाइ आक्रमण सुरु गरेको हो। गत वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरपकड गरेको थियो।

    उक्त धरकपटपछि हमास र इजरालबीच युद्ध नै चलेको थियो भने ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको थियो।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    ८ सय ८५ जना नेपालीले इजरायलबाट फर्कन नाम दर्ता, ‘श्रम संसार’ एप ल्याउन तयारी

    काठमाडौं, असार ९ – इजरायल–इरानबीचको बढ्दो तनावका कारण इजरायलमा रहेका नेपाली नागरिकहरू सुरक्षितरूपमा स्वदेश फर्कन इच्छुक...

    एसईई नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी, कार्यतालिका प्रभावित

    काठमाडौँ, असार ९ – राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा...

    प्रदेशसभा विवादित : सांसद जुग्जालीद्वारा बजेट पुस्तिका च्यातेर सरकारलाई चुनौती

    पोखरा, असार ९ — गण्डकी प्रदेशसभाको सोमबारको बैठक विशेषगरी बजेट छलफलकै लागि बोलाइएको थियो। तर,...

    रास्वपा र राप्रपाले मन्त्रीहरूको जवाफ बहिष्कार गर्दै प्रतिनिधि सभाबाट बहिर्गमन

    काठमाडौं, असार ९ – भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समिति गठनको माग गर्दै निरन्तर विरोध गरिरहेका...