News Portal

इजरायल–प्यालेस्टाइनबीच फेरी चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

हिमालीसंचार संवाददाता
२७७ पटक

एजेन्सी। इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ। इजरायल डिभेन्स फोर्स (आईडीएफ)ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार ९ वटा रकेट इजराइलतर्फ हानेको थियो। त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो। गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो।

उक्त हिंसा थप चर्किदै गएको हो। इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो। तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए।

गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको एजेन्सीले जनाएका छन्, क्षतिको विवरण आइसकेको छैन। हमासको रकेट आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए।

नेतान्याहूको यस्तो अभिव्यक्तिपछि शुक्रबार बिहानै इजरायली सेनाले गाजामा हवाइ आक्रमण सुरु गरेको हो। गत वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरपकड गरेको थियो।

उक्त धरकपटपछि हमास र इजरालबीच युद्ध नै चलेको थियो भने ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको थियो।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...