News Portal

अपडेट: ट्रम्प विरूद्धको मुद्दामा अर्को सुनुवाइ ४ डिसेम्बरमा

हिमालीसंचार संवाददाता
३०९ पटक

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध लागेका फौजदारी अभियोगमा पहिलो दिनको सुनुवाइ सकिएको छ। अब अर्को सुनुवाइ डिसेम्बर ४ मा हुने सीएनएनले जनाएको छ।

मंगलबार म्यानहटन अदालतमा आत्मसमर्पण गरेपछि न्यायाधीश जुआन मर्चनले आगामी ४ डिसेम्बरमा अर्को सुनुवाइको मिति तोकेका हुन्। त्यतिबेला पनि ट्रम्प अदालतमा उपस्थित हुनुपर्ने छ।

अभियोजन पक्षलाई सेप्टेम्बर १९ सम्ममा जवाफ दिने समय छ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ।

उनीमाथि ३४ आरोप लागेका छन्। आपराधिक आरोपको सामना गर्ने ट्रम्प अमेरिकाको पहिलो राष्ट्रपति हुन् । यद्यपि उनले आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन्। उनले म्यानहटन अदालतमा आत्मसमर्पण गरेर आफूले कुनै अपराध नगरेको बताएको बीबीसीले जनाएको छ।

ट्रम्पसँग गोप्य सम्बन्ध रहेको भनिएकी पोर्नस्टार स्टोर्मी डेनिल्सलाई मौन रहन भन्दै अवैध तरिकाले पैसा दिएको, अवैध तरिकाले अर्बौं डलरको सम्पत्ति जम्मा गरेको, ह्वाइटहाउसबाट महत्वपूर्ण कागजात गायब पारेको, राष्ट्रपति निर्वाचनको परिणाम अस्वीकार गर्दै आफ्ना समर्थकलाई संसद भवनमा आक्रमणका लागि उक्साएको लगायतका आरोप ट्रम्पमाथि लागेको छ।

न्युयोर्कको म्यानहटन अदालत अगाडि भारी सुरक्षा व्यवस्थाको बीच ट्रम्पका समर्थकहरुले विरोध र्‍याली निकाल्ने कोसिस गरेका थिए। ट्रम्पका विरोधीहरु र समर्थकहरुको भिड नाराबाजी गर्दै आमने सामने हुने स्थिति भएपछि सम्भावित झडपलाई रोक्न प्रहरीले बीचमा ब्यारिकेड राखेर उनीहरुलाई अलग गराएको थियो। प्रहरीले केही प्रदर्शनकारीलाई गिरफ्तार पनि गरेको छ।

७६ वर्षे ट्रम्प सोमबार फ्लोरिडाको वेस्टपाम बीचस्थित आफ्नो घरबाट न्यूयोर्क गएका थिए। उनी मंगलबार दिउँसो १ बजे न्यूयोर्कस्थित ट्रम्प टावरबाट निस्किएर अदालत गएका थिए।

उनी अदालतभित्र प्रवेश गरेपछि आत्मसमर्पण गरे। त्यसपछि उनीविरुद्ध लागेका मुद्दा दर्ता गर्ने प्रक्रिया अगाडि बढ्यो। बीबीसी हिन्दीले यही प्रक्रियालाई ट्रम्प औपचारिक रुपमा गिरफ्तारमा परेको भनेर लेखेको छ। ‘पक्राउ परेपछि उनलाई हतकडी भने लगाइएन,’ बीबीसी नेपालीले लेखेको छ।

अदालतमा आफ्ना वकिलहरुसँगै न्यायाधिश अगाडि बसेपछि उनीमाथि लागेका आरोपबारे पढेर सुनाइएको थियो। त्यसपछि उनले आफूले कुनै अपराध नगरेको भनेर दलिल पेस गरेका थिए।

अदालतबाट निस्किएर उनी फ्लोरिडा गएका छन्। त्यहाँ आफ्ना समर्थकहरुलाई सम्बोधन गर्दै फेरि पनि उनले आफूले कुनै गल्ती नगरेको भन्दै घटनालाई राजनीतिकरण गरिएको जिकीर गरेका छन।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...