News Portal

माल्टा पठाउने नाममा ठगी

हिमालीसंचार संवाददाता
२३५ पटक

खोटाङ। माल्टा पठाउने नाममा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार बाङमाका दिपेश राई एजेन्टबाट ठगिएका छन्। माल्टा पठाउने नाममा जुम्लाको हिमा गाउँपालिका–५ कालिकाखेतु, कमालीका धमेन्द्र शाहीले २ लाख लिएर ठगी गरेका हुन्।

माल्टा पठाउने भन्दै २ लाख लिएका शाहीले ९ महिना बित्दासमेत विदेश नपठाएको आफन्त यानकुमार राईले बताए। माल्टा पठाउने भनेपछि दिपेशकी आमा प्रमिला राईले २०७९ असार १३ गते शाहीको नाममा २ लाख १० हजार जम्मा गरिदिएकी थिईन्।

विदेश पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले पटकपटक भाका राख्दै ढाँट्ने गरेका छन्। भनेको समयभित्र माल्टा पठाउन नसकेपछि पैसा फिर्ता माग्दा शाहीले मंसिरमा निकाल्न मिल्नेगरी २०७९ साउन २४ गते माछापुछ्रे बैंकको २ लाखको चेक दिएका थिए तर झिक्न जाँदा खातामा कहिल्यै पैसा नभएको पिडित परिवारले बताएका छन्। फोन गर्दा भाका राखेकोराख्यै गर्ने वा फोन नउठाउने गरेको राईले बताए।

‘न विदेश पठायो, न पैसा फिर्ता दियो,’ राईले भने, ‘पैसा झिक्न बैंकमा जाउ भन्छ, गएर चेक गर्दा खातामा पैसा हुन्न। फोन गर्दा भाका राखेको राख्यै गर्छ। कति ढाँटेढाँटे भनिसाध्य छैन।’ पैसा फिर्ताका लागि कानुनी प्रकृया अपनाउने तयारी गरिएको पिडित परिवारले बताएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल ३० गतेको राशिफल

आज पुष ३०, २०८२ (जनवरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...