News Portal

  • काम लागेन ‘चुच्चे नक्सा’, किन आएन लिपुलेकको तथ्यांक ?

    हिमालीसंचार संवाददाता
    २६५ पटक

    धनगढी। महाकालीपारि दार्चुलाको व्यास गाउँपालिका–१ भित्र छाङरु र टिंकर छन् भने त्योसँगै जोडिएर कालापानी, लिपुलेक भूमि पर्दछ। उक्त क्षेत्रमा २०१८ सालपछि जनगणना हुन सकेको छैन।

    सरकारले नेपालको नयाँ ‘चुच्चे नक्सा’ प्रयोगमा ल्याए पनि चुच्चे नक्सामा परेका महाकाली पारिको कालापानी, लिपुलेक क्षेत्रमा घर तथा घरपरिवार सूचीकरण हुन सकेन।

    उक्त क्षेत्रमा पुग्न भारतको बाटो भएर जानुपर्ने र त्यहाँ तैनाथ भारतीय सशस्त्र प्रहरी बोर्डर आउटपोस्ट (बीओपी)ले जाने अनुमति नदिएपछि जनगणनाको लगत लिने प्रतिनिधि खटाउन नसकेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।

    दार्चुलाको ब्यास गाउँपालिका–१ छाङरु गाउँको पारिपट्टि भारतको गर्ब्याङ गाउँमा सौका समुदायको बसोबास रहेको यो गाउँसँगै भारतीय सुरक्षाकर्मीको पोस्ट छ। यो गाउँबाट करिब १० किलोमिटर अगाडि महाकालीवारि भारतले अतिक्रमण गरेको नेपाली भूमि गुञ्जी गाउँ पर्छ।

    ‘यो सरकारले कूटनीतिक पहलबाट हुने र बोल्नुपर्ने विषय भएपनि हुन सकेको छैन्। अरू मुलुकको कब्जामा रहेको भूमिमा सुरुदेखि नै जनगणनाको कुनै क्रियाकलाप गर्न दिएन। कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्रको जनगणना गर्न चाहे पनि सम्भव नभएको अधिकारीहरुको तर्क छ।

    सो क्षेत्रमा पाँच सय हाराहारीमा जनसंख्या रहेको अनुमान छ। घरसंख्या यकिन छैन। लगत लिन नसकेकाले उक्त भूभागको जनसंख्या जनगणनाको प्रतिवेदनमा समावेश नरहेको बताइएको छ।

    बर्खामासलगत्तै सञ्चालित राष्ट्रिय जनगणनामा महाकालीपारि व्यास गाउँपालिका–१ को छाङरु र टिंकर क्षेत्रमा खटाइएका कर्मचारीले व्यहोरेको सास्तीको उचित मूल्यांकन गर्न नसकिएको हो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर ७ गतेको राशिफल

    आज मंसिर ७, २०८२ (नोभेम्बर २३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल मंसिर ६ गतेको राशिफल

    आज मंसिर ६, २०८२ (नोभेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    जेनजी आन्दोलनपछि जन्मिएका १० नयाँ दललाई निर्वाचन आयोगको मान्यता

    काठमाडौं, मंसिर ५ – जेनजी आन्दोलनको लहरसँगै गठन भएका १० नयाँ राजनीतिक दलले अन्ततः निर्वाचन...

    सवारी चालक अनुमतिपत्रको विवरण अब फेसबुकमार्फत सार्वजनिक

    काठमाडौं, मंसिर ५ – यातायात व्यवस्था विभागले छपाइ भई वितरणका लागि तयार भएका सवारी चालक अनुमतिपत्र...

    बस्नेतको चेतावनी: “१ लाख कार्यकर्तासहित सिंहदरबारमा सभा आयोजना गर्ने तयारी”

    काठमाडौं, मंसिर ५ – नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) कार्यक्रमका क्रममा...