News Portal

मिरा चौधरीसहित ४ डीआईजी एआईजीमा बढुवा सिफारिस

हिमालीसंचार संवाददाता
२१२ पटक

काठमाण्डौं। गृह मन्त्रालयले नेपाल प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिस हुनेमा डीआईजी सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ छन्। उनीहरू शुक्रबार आईजीपी बढुवा भएका बसन्तबहादुर कुँवरकै ब्याची हुन्।

उनीहरूलाई गृहसचिवको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले एआईजीमा बढुवा सिफारिस गरेको हो। प्रहरीका ८ एआईजीमध्ये ४ एआईजी पद रिक्त थियो। रिक्त पदमा बढुवा सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ।

आईजीपी धीरजप्रताप सिंहसँगै तीन एआईजीले अवकाश पाएपछि सो पद रिक्त भएको थियो। मिरा चौधरी एआईजी बढुवा सिफारिस भएसँगै प्रहरीमा दुई महिला एआईजी भएका छन्। यसअघि किरण बज्राचार्य एआईजीमा बढुवा भएकी थिइन्।

प्रतिकृया दिनुहोस्

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...

खर्च नियन्त्रण र विकासमा जोड, सेवा प्रवाह सुधार महानगरको लक्ष्यः बालेन शाह

काठमाडौं, मंसिर २९ – काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कार्यालय सञ्चालन खर्च घटाउँदै पुँजीगत लगानी...