News Portal

जीर्ण बन्दै राप्ती राजमार्ग, बढ्यो दुर्घटनाको जोखिम

हिमालीसंचार संवाददाता
३४१ पटक

तुल्सीपुर। दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन्। जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन्। जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ।

‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउँदै गरेका यात्रु रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ।’

सल्यान कपुरकोटदेखि तुलसपुर पुग्दा मानिस चिन्न नसिकने अबस्था रहने यात्रुहरुको गुनासो छ। त्यस्तै समय पनि धेरै लाग्ने गर्छ। ‘धुलोले शरिर थपक्कै ढाकेको हुन्छ,’ मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डा खुल्डीले गर्दा पहिले जस्तो छिटो पनि आउन सकिदैन्, आधा घण्टा लाग्ने ठाउँमा, एक डेढ घण्टा लाग्छ।’

बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताए। ‘धेरै ठाउँमा सडक बिग्रिएको छ, अहिले स-साना ठेक्का लागिरहेका छन्,’ उनले भने, ‘स-साना ठेक्काको काम सकेपछि अर्को वर्षदेखि ठूलो ठेक्का लाग्छ।’

ठाउँ-ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अवस्था छैन। पटक-पटक म्याद थप गर्ने कार्य भइरहेको छ। यो आर्थिक वर्षभित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाइ छ।

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो। त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ-ठाउँमा बिग्रिएको उनको भनाइ छ।

तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ-ठाउँमा बिग्रिएको छ। तीन वर्षदेखि राप्ती लोकमार्गका लागि भनेर छुट्टै बजेट आउने गरेको छ।

चालु वर्षका लागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ। सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढीको दुर्घटनाबाट मृत्यु भइसकेको छ। यस सडकमा बर्सेनि करोडौं बजेट विनियोजन गरेको भए पनि काम भने नहुने गरेको पाइएको छ। रासस

प्रतिकृया दिनुहोस्

मलंगवामा मतदान अधिकृतको निधन

मलंगवा – सर्लाहीको पर्सा गाउँपालिका–४ जिगडवा स्थित आधारभूत विद्यालय मतदान केन्द्रमा निर्वाचन ड्युटीमा खटिएका एक...

रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौँ। (रास्वपा)बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका किशोरी साह कमलको उम्मेदवारी खारेज गरिएको छ। का...

दुबई र आबुधावी विमानस्थल आंशिक रूपमा सञ्चालनमा

काठमाडौं, फागुन १९ – खाडी क्षेत्रमा जारी तनावका कारण केही समयदेखि अवरुद्ध बनेका Dubai International...

प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ टुंगियो, आदेशको पर्खाइ

काठमाडौं, फागुन १९ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाअभियान’...

चुनाव नहुने अभिव्यक्ति दिने ज्योतिष चन्द्रागिरीबाट पक्राउ

काठमाडौं, फागुन १९ – २१ फागुनमा निर्धारित निर्वाचन नहुने दाबी गर्दै सार्वजनिक रूपमा अभिव्यक्ति दिएका...