News Portal

विश्व युद्ध लडेका लाहुरेका सम्मानमा “गोर्खा ट्रेल ब्लेजर” दौड प्रतियोगिता हुने (भिडियो सहित)

हिमालीसंचार संवाददाता
३२४ पटक

धरान – विश्व युद्ध लडेका पूर्व गोर्खा वीर गोर्खाली योद्धा सैनिकहरूको सम्मानमा गोर्खा सिमेट्री ट्रष्टद्वारा धरानमा गोर्खा ट्रायल ब्लेजर दौड प्रतियोगिता हुने भएको छ।  

चीनको विशेष प्रशासनिक क्षेत्र हङकङमा विश्वयुद्ध लडेका वीर गोर्खाहरुको स्मृतिमा आयोजना हुदै आएको गोर्खा ट्रेलर पुर्खा दिवसको अबसरमा गोर्खा ट्रायल दौड प्रतियोगिता आयोजना हङकङमा गरिदै आएको थियो। पहिलो पटक धरानमा गोर्खा ट्रायल ब्लेजर २०२३ आयोजना गर्न लागेको सिमेट्री ट्रष्टका अध्यक्ष महेन्द्रकुमार राईले धरानमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। 

उक्त कार्यक्रममा नेपालभरका १ सय बर्ष वा सो भन्दा माथीका भूपु गोर्खा सैनिकहरुलाई समेत विशेष सम्मान गरिने जानकारी दिए। अध्यक्ष राईका अनुसार वीर गोर्खा योद्धाहरु ओखलढुंगाको १०२ बर्षीय धनसिंह राई, तेह्रथुमका १०१ बर्षीय धनदल लिम्बु र संखुवासभाका १०१ बर्षीय मानबहादुर लिम्बुलाई सम्मान गर्ने कार्यक्रम रहेको समेत जानकारी दिए। 

गोर्खा ट्राल आगामी चैत्र ४ गते धरान-१८ रत्न चौकबाट मंगलबारे चोक, सर्दु खोलाको पुल हुदै धरान-२० विष्णुपादुका स्थित गोर्खा स्मृति पार्कसम्म ८.५ किलोमिटरको दुरी रहेको छ। प्रथम हुने प्रतियोगिले नगद १५ हजार, दोस्रोलाई नगद १० हजार, तेस्रो हुने प्रतियोगिलाई ५ हजार र चौथो हुने प्रतियोगिका लागि नगद ३ हजार पुरस्कार रहेको समेत जानकारी दिए। 

गोर्खा ट्रायल ब्लेजर प्रतियोगितामा १ सय ५० जनाभन्दा धेरै प्रतियोगिहरु रहने अनुमान गरिएको दौडमा प्रवेश शुल्क २ सय राखिएको पनी अध्यक्ष राईले जानकारी दिए। गोर्खा सिमेट्री ट्रस नेपालमा सन २०१८ सालमा स्थापना गरिएको समेत अध्यक्ष राईले जानकारी दिए। ट्रसले विशेष गरेर वीर गोर्खाली योद्धाहरुलाई सम्मान गर्ने उदेश्यका रहेको समेत जानकारी दिए। 

त्यस्तै, गोर्खा स्मृति पार्कका अध्यक्ष क्य. हरी लिम्बुले वीर गोर्खाहरुको सम्मनमा निर्मित पार्कमा जीवित वीर गोर्खाहरुलाई सम्मान गरिनु गौरवका विषय भएको बताए। वीर गोर्खाहरुलाई त्यस स्थान सम्म पुऱ्याउन आर्थिक अभावका करण हेलिकप्टर चार्टर गर्न नसकिएको बताएका अध्यक्ष राईले गोर्खा स्मृति पार्कसम्म पुऱ्याउन सहजताको लागि समन्वय गरिरहेको समेत बताए।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...