News Portal

विदेशबाट युवती ल्याएर ठमेलमा कोठी चलाउने अफ्रिकी महिला पक्राउ

हिमालीसंचार संवाददाता
४०७ पटक

काठमाडौं। विदेशबाट युवतीहरु ल्याएर नेपालमा कोठी सन्चालन गर्ने गरेको आरोपमा अफ्रिकी महिला पक्राउ परेकी छन्।

मानव बेचबिखन अनुसन्धन ब्यूरोको टोलीले युगान्डाकी २५ वर्षीया नतासा भनिने इम्माकुलेट नाबासुम्बालाई पक्राउ गरेको हो। ब्यूरोका अनुसार नतासाले काठमाडौंको ठमेलस्थित एक होटलमा विदेशी युवतीलाई ल्याएर वेश्यावृत्तिमा लगाउने गरेकी थिइन्।

नेपालमा क्लिनर, वेट्रेसलगायत काममा मासिक ५०० अमेरिकी डलर कमाइ हुने आश्वासन दिएर पीडितलाई नेपालमा ल्याएर नतासाले आफु बसेको होटलमा राख्ने गरेको दाबी गरिएको छ।

ब्यूरोका अनु्सार नतासाले नेपाली र भारतीय मुलका व्यक्तिहरुसँग शारीरिक सम्बन्धमा लगाउने गरेकी थिइन्। दैनिक ५/६ जनासम्मसँग सम्बन्ध राख्न लगाउने गरेको ब्यूरोको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

बिरामी भएर स्वदेश फर्कन लागेकी अफ्रिकी युवतीले गरेको उजुरीका आधारमा घटनाबारे थाहा भएको प्रहरीले जनाएको छ। पक्राउ परेकी नतासामाथि ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...