News Portal

कुवेत हुँदै साउदी पुगेकी अलपत्र नेपाली महिलाको उद्धार

हिमालीसंचार संवाददाता
३३० पटक

साउदी। साउदी अरबमा ४ महिनादेखि अलपत्र परेकी एक जना नेपाली महिलाको सकुशल उद्धार गरी नेपाल ल्याइएको छ।

१० वर्षअघि कुवेत हुँदै साउदी अरब पुगेकी टंकमाया आङ्बोलाई विभिन्न रोजगारदाताहरूले अवैधानिक रूपमा लामो समयदेखि घरेलु कामदारको रुपमा काममा लगाएर करिब चार महिनाअघि अलपत्र अवस्थामा छाडेका थिए।

रोजगारदाताले तामाङलाई जेद्दास्थित नेपाली महावाणिज्यदूतावासको कार्यालयको गेट बाहिर अलपत्र छाडिदिएर गएका थिए।

महावाणिज्यदूतावासले तामाङलाई सुरक्षित रुपमा नेपाल फिर्ता नगरून्जेलसम्म सेल्टरमा राखेर नेपाल पठाउनका लागि आवश्यक प्रक्रिया थालेको थियो। गैर आवासीय नेपाली संघको सहयोगमा महावाणिज्यदूतावासले उनलाई जहाजमार्फत बुधबार नेपाल पठाएको एक विज्ञप्तिमार्फत जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १ गतेको राशिफल

आज पुष १, २०८२ (डिसेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा गोरखा समाजको पहिलो अधिवेशन तयारी तीव्र

कुवेत — कुवेतमा गोरखा घर भई विभिन्न पेशा तथा व्यवसायमा संलग्न नेपाली आप्रवासीहरूलाई एकताबद्ध गर्ने...

कुवेतमा निलकमल म्यानपावरमार्फत आएका पीडित नेपाली कामदारलाई युवाशक्ति कुवेतको खाद्यान्न सहयोग

कुवेत — “सके राम्रो गरौँ, नसके खराब नगरौँ” भन्ने मूल नारासहित स्थापना भएको युवाशक्ति कुवेत...

युवा रेडक्रस सर्कल नीलकण्ठ क्याम्पसकी अध्यक्ष शर्मिला अर्यालद्वारा सफल कार्यकालपछि पद हस्तान्तरण

धादिङ – युवा रेडक्रस सर्कल, नीलकण्ठ बहुमुखी क्याम्पस, धादिङकी अध्यक्ष शर्मिला अर्यालले आफ्नो कार्यकाल सफलतापूर्वक...

युवराज ज्ञवालीको स्पष्ट सन्देश, जीवनभर पद समातिरहने प्रवृत्ति त्याग्नुपर्छ

काठमाडौं, मंसिर २९ – नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले राजनीति पद र शक्तिका लागि नभई...