News Portal

  • युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा (भिडियो)

    हिमालीसंचार संवाददाता
    ३९२ पटक

    काठमाडौँ। ‘छुकछुक छुकछुक’बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ। सार्वजनिक भिडिओमा युवा विदेशिएपछि रित्तो भएको गाउँको कथा भनिएको छ।

    जागृत रायमाझीको शब्द र संगीत रहेको गीत सुरज पण्डितले गाएका हुन्। मल्लाज प्रोडक्सनको प्रस्तुति रहेको गीतले विदेशिएका युवालाई देशमै फर्किन आह्वान गरेको छ।

    नेपालमा केही गर्छु भन्ने रहर भएपनि गर्ने ठाउँ नभेटिँदा विदेशिने युवाको कथाले मन छुन्छ। गरिब र पहुँच नभएकाले सधैँ दुःख भोग्नुपरेको र लुटेराहरु भने महलमा बसिरहेको विषयवस्तुलाई गीतले व्यङ्ग्य गरेको छ।

    गीतको भिडिओमा सुरजका साथै सबिना गोपाली, सेबिता अधिकारी, शंकर भण्डारी, शक्ति राई, रेजिना बस्नेत, होमबहादुर आचार्य, अदिति आचार्यलगायत कलाकारले अभिनय गरेका छन्। भिडिओमा केदार श्रेष्ठको कथा, स्क्रिनप्ले र निर्देशन छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...