News Portal

कोरियन भाषा परीक्षामा साढे ३ हजार परीक्षार्थी उत्तीर्ण

हिमालीसंचार संवाददाता
२४३ पटक

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभागअन्तर्गत ईपीएस कोरिया शाखाले कृषि तथा पशुपालन क्षेत्रतर्फ कोरियन भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ।

परीक्षामा ३ हजार ४५३ उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ।

नेपालको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र दक्षिण कोरियास्थित श्रम तथा रोजगार मन्त्रालयबीचको समझदारीअनुरूप रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियामा नेपाली कामदार पठाउन गत १८ माघदेखि ५ फागुनसम्म कृषि तथा पशुपालन क्षेत्रतर्फका लागि कोरियन भाषा परीक्षा लिइएको थियो।

परीक्षामा सहभागी १० हजार ३९८ मध्ये ३ हजार ४५३ परीक्षार्थी उत्तीर्ण भएका हुन्। भाषा परीक्षामा उत्तीर्ण परीक्षार्थीको ८ फागुनमा भैंसेपाटीमा सीप परीक्षण गराइनेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत ३ गतेको राशिफल

आज चैत ३, २०८२ ( मार्च १७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ – गङ्गाजमुना गाउँपालिका–५ स्थित हिलेपोखरी आधारभूत विद्यालयको ३६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य कार्यक्रमका...

जेनजी आन्दोलनका शहीदका आमा रचना खतिवडा रास्वपाबाट सांसद बन्ने

काठमाडौं, २ चैत – जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका रसिक खतिवडाकी आमा रचना खतिवडा क्षेत्री...

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा प्रधानमन्त्री र गृहमन्त्रीको अनुगमन

काठमाडौं, चैत २ – सरकारी सेवा प्रवाहको अवस्थाबारे जानकारी लिन सुशीला कार्की र ओमप्रकाश अर्याल...

गंगबुमा कुकुरमाथि अमानवीय यातना, तीन जना प्रहरी नियन्त्रणमा

काठमाडौं, चैत २ – गंगबु क्षेत्रमा कुकुरमाथि गरिएको क्रूर व्यवहारको घटना सार्वजनिक भएपछि स्थानीयबासी र...