News Portal

करिश्माको उजुरीमा पक्राउ परे ‘भाइरल म्यान’ डिल्लीराम खनाल

हिमालीसंचार संवाददाता
३१९ पटक

काठमाडौ। अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएपछि भाइरल म्यान डिल्लीराम खनाल पक्राउ परेका छन्।

करिश्माले खनालविरुद्ध माघ २५ मा साइबर व्यूरोमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा खनाललाई बिहीबार पक्राउ गरिएको हो।

उनलाई शुक्रबार जिल्ला अदालत काठमाडौं म्याद थपका लागि लान लागिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।

खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिश्माको नाम जोडेर विभिन्न मिडियामा बोलेका थिए।

अघिल्लो शुक्रबारदेखि रिलिज फिल्म ‘ह्यारीकी प्यारी’मा अभिनयसमेत गरेका खनालले लामिछानेसँग करिश्माको नाम जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लागेको थियो।

साइबर ब्युरोमा निवेदन हालेपछि करिश्माले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘उहाँ को हो, यो अत्ति भयो। भैहाल्यो, कलाकारलाई यस्तै भन्छन् भनेर सहें। साइबर ब्यूरोमा निवेदन हालेकी छु। हेरौं, नेपालको कानुन कत्तिको बलियो छ।’

युट्युबमा चर्का कुरा गरेर चर्चामा आइरहने डिल्लीरामले अमेरिकामा रहँदा लामिछानेसँग करिश्मा ‘लिभिङ टुगेदर’मा बसेको दाबी गरेका थिए।

करिश्माले आफू हिन्दु भएको र लिभिङ टुगेदरको विचारलाई नै विश्वास नगर्ने व्यक्ति भएको उल्लेख गरेकी छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...