News Portal

करिश्माको उजुरीमा पक्राउ परे ‘भाइरल म्यान’ डिल्लीराम खनाल

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौ। अभिनेत्री करिश्मा मानन्धरले आफ्नो मानमर्दन भएको भन्दै साइबर ब्युरोमा निवेदन दिएपछि भाइरल म्यान डिल्लीराम खनाल पक्राउ परेका छन्।

करिश्माले खनालविरुद्ध माघ २५ मा साइबर व्यूरोमा उजुरी दिएकी थिइन्। उनकै उजुरीका आधारमा खनाललाई बिहीबार पक्राउ गरिएको हो।

उनलाई शुक्रबार जिल्ला अदालत काठमाडौं म्याद थपका लागि लान लागिएको काठमाडौं प्रहरी परिसरका एक अधिकारीले जानकारी दिए।

खनालले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग करिश्माको नाम जोडेर विभिन्न मिडियामा बोलेका थिए।

अघिल्लो शुक्रबारदेखि रिलिज फिल्म ‘ह्यारीकी प्यारी’मा अभिनयसमेत गरेका खनालले लामिछानेसँग करिश्माको नाम जोडेर भ्रमपूर्ण हल्ला फैलाएको आरोप लागेको थियो।

साइबर ब्युरोमा निवेदन हालेपछि करिश्माले सामाजिक सञ्जालमा लेखेकी थिइन्, ‘उहाँ को हो, यो अत्ति भयो। भैहाल्यो, कलाकारलाई यस्तै भन्छन् भनेर सहें। साइबर ब्यूरोमा निवेदन हालेकी छु। हेरौं, नेपालको कानुन कत्तिको बलियो छ।’

युट्युबमा चर्का कुरा गरेर चर्चामा आइरहने डिल्लीरामले अमेरिकामा रहँदा लामिछानेसँग करिश्मा ‘लिभिङ टुगेदर’मा बसेको दाबी गरेका थिए।

करिश्माले आफू हिन्दु भएको र लिभिङ टुगेदरको विचारलाई नै विश्वास नगर्ने व्यक्ति भएको उल्लेख गरेकी छन्।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...