News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • मानव बेचबिखनको आरोपमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    काठमाडौँ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखनमा संलग्नको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिनामङ्गलस्थित ‘डीएचएन शुभयात्रा ट्राभल्स एण्ड टुर’का संचालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–५ का २९ वर्षीय नयन भाई भन्ने चिरन्जी गिरीलाई मंगलबार पानीपोखरीबाट पक्राउ गरेको हो।

    पीडित महिलालाई गत मंसीर २६ गते भिजिट भिसामा कुवेत पुर्‍याएर १ हजार ३ सय केडी (कुवेती दिनार)मा बेचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ती महिलालाई कुवेतको ‘रोयल रेष्टुरेन्ट’मा मासिक पारिश्रमिक १२० केडी कमाइ हुने वेट्रेसको काममा लगाइदिने र युरोप तथा अमेरिकालगायत देशहरुमा समेत पठाइदिने प्रलोभनमा प्रतिवादी रवि थापामगर भन्ने लालबहादुर मगर र डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी समेतले कुवेतसम्म जाने भिसा लगायतका कागजातहरु तयार मंसीर २६ गते कुवेत पुर्‍याएको थियो।

    कुवेत पुर्‍याएर ती महिलालाई नेपाली दलालले कुवेती घर मालिकलाई १ हजार ३ सय केडीमा बिक्री गराएको र खान समेत नदिई १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको, बिरामी हुँदा समेत कुटपिट गरी यातना दिएपछि पीडितलाई दुतावासको सहयोगमा ब्यूरोले पुस ४ गते पीडितको उद्दार गरेको थियो।

    पीडितको जाहेरीको आधारमा ब्यूरोले माघ १७ गते उदयपुर, उदयपुरगढी गाउँपालिका–२ घरभई काठमाडौं टोखा–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलाम फाकपोकथुम–५ घरभई काठमाडौं महानगर–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामीलाई पक्राउ गरेको थियो।

    ब्यूरोले उनीहरु माथि गरेको अनुसन्धानका क्रममा दर्लामीले दिएको बयानको आधार गिरीलाई पक्राउ गरेको हो। गिरीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएको ब्यूरोका प्रवक्ता एसपी नरहरी रेग्मीले बताए।

    यससँगै ब्यूरोले गत माघ महिनामा मात्र ३० जना महिला तथा बालिबालिकाको उद्धार गरेको ब्यूरो प्रमुख एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। जसमध्ये, भारतबाट ४ बालिका र १५ जना महिला, कुवेतबाट ६ जना महिला, ओमनबाट २ जना महिला, ईराकबाट १ जना महिला र नेपालभित्र आन्तरिक बेचविखनमा परेका २ जना महिलालाई उद्वार गरिएको छ।

    आकर्षक वैदेशिक रोजगारको बहानामा पर्यटक भिषाको चरम दुरुपयोग गरी विभिन्न दलाल तथा मेनपावर कम्पनिहरुले भिजिट भिषामा विदेश जानको लागि चाहिने आवश्यक कागजातको न्युनतम प्रक्रिया समेत पुरा नगरी, नक्कली कागजात बनाई वैदेशिक रोजगारमा जान लागेका र मानव बेचविखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने २५० जना महिला तथा पुरुषलाई ब्यूरोबाट खटिएका प्रहरी टोलीले त्रिभुवन विमानस्थलबाट फिर्ता गरेको समेत उनले बताए। कान्तिपुरबाट।

    प्रतिकृया दिनुहोस्

    भिजिट भिसा प्रकरण : संसद गतिरोध अन्त्य गर्न रास्वपाको ५ बुँदे प्रस्ताव

    काठमाडौं, जेठ २६ – भिजिट भिसा प्रकरणको विषयलाई लिएर केही समययता संसदमा देखिएको अवरोध हटाउन...

    पोखरामा युवकको हत्या प्रकरणः ट्याक्टर चालक र १४ वर्षीय सहचालक पक्राउ

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ स्थित वन विज्ञान अध्ययन संस्थान नजिकै आज बिहान एक...

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...