News Portal

मानव बेचबिखनको आरोपमा ट्राभल एजेन्सीका सञ्चालक पक्राउ

हिमालीसंचार संवाददाता
३३७ पटक

काठमाडौँ। मानव बेचबिखन अनुसन्धान ब्यूरोले मानव बेचबिखनमा संलग्नको आरोपमा एक जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार सिनामङ्गलस्थित ‘डीएचएन शुभयात्रा ट्राभल्स एण्ड टुर’का संचालक सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल–५ का २९ वर्षीय नयन भाई भन्ने चिरन्जी गिरीलाई मंगलबार पानीपोखरीबाट पक्राउ गरेको हो।

पीडित महिलालाई गत मंसीर २६ गते भिजिट भिसामा कुवेत पुर्‍याएर १ हजार ३ सय केडी (कुवेती दिनार)मा बेचिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। ती महिलालाई कुवेतको ‘रोयल रेष्टुरेन्ट’मा मासिक पारिश्रमिक १२० केडी कमाइ हुने वेट्रेसको काममा लगाइदिने र युरोप तथा अमेरिकालगायत देशहरुमा समेत पठाइदिने प्रलोभनमा प्रतिवादी रवि थापामगर भन्ने लालबहादुर मगर र डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामी समेतले कुवेतसम्म जाने भिसा लगायतका कागजातहरु तयार मंसीर २६ गते कुवेत पुर्‍याएको थियो।

कुवेत पुर्‍याएर ती महिलालाई नेपाली दलालले कुवेती घर मालिकलाई १ हजार ३ सय केडीमा बिक्री गराएको र खान समेत नदिई १८ घण्टासम्म काममा लगाई श्रम शोषण गरेको, बिरामी हुँदा समेत कुटपिट गरी यातना दिएपछि पीडितलाई दुतावासको सहयोगमा ब्यूरोले पुस ४ गते पीडितको उद्दार गरेको थियो।

पीडितको जाहेरीको आधारमा ब्यूरोले माघ १७ गते उदयपुर, उदयपुरगढी गाउँपालिका–२ घरभई काठमाडौं टोखा–३ बस्ने ४४ वर्षीय रवि थापा मगर भन्ने लालबहादुर मगर र इलाम फाकपोकथुम–५ घरभई काठमाडौं महानगर–९ बस्ने ४१ वर्षीय डम्बर मगर भन्ने डम्बरबहादुर दर्लामीलाई पक्राउ गरेको थियो।

ब्यूरोले उनीहरु माथि गरेको अनुसन्धानका क्रममा दर्लामीले दिएको बयानको आधार गिरीलाई पक्राउ गरेको हो। गिरीले प्रतिवादीहरूसँग रकम लिई पीडितको भिषा, टिकट लगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको बन्दोबस्त गरेको खुल्न आएको ब्यूरोका प्रवक्ता एसपी नरहरी रेग्मीले बताए।

यससँगै ब्यूरोले गत माघ महिनामा मात्र ३० जना महिला तथा बालिबालिकाको उद्धार गरेको ब्यूरो प्रमुख एसएसपी जीवन कुमार श्रेष्ठले जानकारी दिए। जसमध्ये, भारतबाट ४ बालिका र १५ जना महिला, कुवेतबाट ६ जना महिला, ओमनबाट २ जना महिला, ईराकबाट १ जना महिला र नेपालभित्र आन्तरिक बेचविखनमा परेका २ जना महिलालाई उद्वार गरिएको छ।

आकर्षक वैदेशिक रोजगारको बहानामा पर्यटक भिषाको चरम दुरुपयोग गरी विभिन्न दलाल तथा मेनपावर कम्पनिहरुले भिजिट भिषामा विदेश जानको लागि चाहिने आवश्यक कागजातको न्युनतम प्रक्रिया समेत पुरा नगरी, नक्कली कागजात बनाई वैदेशिक रोजगारमा जान लागेका र मानव बेचविखन तथा ओसारपसारको उच्च जोखिममा पर्न सक्ने २५० जना महिला तथा पुरुषलाई ब्यूरोबाट खटिएका प्रहरी टोलीले त्रिभुवन विमानस्थलबाट फिर्ता गरेको समेत उनले बताए। कान्तिपुरबाट।

प्रतिकृया दिनुहोस्

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...

त्रिभुवन विमानस्थल भन्सारमा अख्तियारको छापा, घुससहित तीन कर्मचारी पक्राउ

काठमाडौं, १९ माघ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा छापा मार्दै तीन...

कानुन निर्माणमा ढिलाइ हुँदा असन्तुष्ट बनेर महावीर पुनले छाडे मन्त्री पद : प्रधानमन्त्री

काठमाडौं, १९ माघ – प्रधानमन्त्री सुशीला कार्कीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले असन्तुष्टि जनाउँदै मन्त्री...

सुन र चाँदीको मूल्यमा निरन्तर गिरावट, आज पनि घट्यो भाउ

काठमाडौं, १९ माघ – नेपाली बजारमा सुन तथा चाँदीको मूल्य घट्ने क्रम सोमबार पनि जारी रहेको...

आज २०८२ साल माघ १९ गतेको राशिफल

आज माघ १९, २०८२ ( फेब्रुअरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...