News Portal

  • तपाईंको राशिफल : आज बि.स.२०७५ कार्तिक ५ गते सोमवार

    हिमाली संचार संवाददाता
    ७८५ पटक

    – ज्यो.पं.नारायणप्रसाद दुलाल,

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
    जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

    वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
    नयाँ काममा हात हाल्ने समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्नेछ। लाभ, हानी, आय, व्यय, सुख, दुख वरावरी खालको समय छ ।

    मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
    नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । धार्मिक कृत्यमा सहभागी बन्नु पर्नेछ । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ ।

    कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
    दैनिक कार्यमा प्रगति हुनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । धर्म,कर्ममा मन लाग्नेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ ।

    सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
    मतिभ्रष्ट हुने समय छ, सचेत रहनु होला । निर्णय कार्यान्वयन हुन सक्दैनन् । आत्मबलमा कमी आउने छ । मनमा दुविधा उत्पन्न हुनेछ ।

    तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) जोश
    जाँगर र हिम्मत बढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । कार्य सिद्धिको योगछ । विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ।

    कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
    रोकिएका काम पुनः सुरु हुन सक्छन् । वैदेशिक कार्य अघी बढ्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।

    वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
    सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्नेछ ।

    धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
    मन भावुक र उत्ताउलो बन्नेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । प्रेममा मनमुटाव आउनेछ ।

    मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
    जोश जाँगर र हिम्मत बढ्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

    कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
    शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेकोे र ताकेको कार्य पुरा होला । पढाइमा प्रगति हुनेछ ।

    मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
    प्रेमीको सहयोग पाईनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...