News Portal

काठमाडौंमा नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ

हिमाली संचार संवाददाता
५४० पटक

काठमाडौंमा -चाडबाडका बेला हजार रुपैयाँ दरका नक्कली नोट छापी बजारमा वितरण गर्ने समूह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले कीर्तिपुर नगरपालिका–४, मच्छेगाउँस्थित एक घरबाट नक्कली नोट छाप्ने मेसिन बरामद गर्नुका साथै प्रमुख योजनाकार इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी केही वर्षअघि सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा ११ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । पक्राउ पर्ने अन्यमा मच्छेगाउँ ४ कै नारायण श्रेष्ठ, मूलपानी बस्ने साहिल थापामगर, जोरपाटी बस्ने राज श्रेष्ठ, कुमारीगाल बस्ने विकास दोचे छन् ।

प्रहरीले पैसा छाप्न प्रयोग हुने दुई बन्डल पेपर, कैंची, लालीगुराँस अंकित रबर छाप, एक हजार र एक सय रुपैयाँका तीन–तीन थान नोट पनि बरामद गरेको छ । त्यस्तै गोर्खा फाइनान्स अंकित बन्डल बनाउन प्रयोग हुने १२ थान टयाग पनि बरामद गरिएका छन् ।

नक्कली नोटका कारोबारीले नक्कली पैसा बजारमा पठाउँदा बैंकको जस्तो देखिने यही टयाग प्रयोग गरेको प्रहरीको अनुमान छ । गिरोहले भर्खरै मात्र कारोबार सुरु गरेको प्रहरीलाई बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको परिसरका डीएसपी मोहनकुमार थापाले जनाए । उनका अनुसार यो गिरोहले एक हजार रुपैयाँको नक्कली नोट मात्रै छापिरहेको थियो ।
चाडबाडमा सजिलो हुने ठानी उनीहरूले सक्कलीमा नक्कली नोट मिसाएर, रेस्टुरेन्टमा तिरेर र किराना पसलबाट सामान खरिद गरेको पाइएको छ । नक्कली नोट बजारमा पठाएबापत कमिसन आउने भन्दै गिरोहले मान्छेसमेत परिचालन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ललितपुरको एक किराना पसलमा पाँच हजार रुपैयाँ नक्कली नोट साट्न भन्दै एक जनाले पैसा छाड्ने ‘अफर’ गरेका थिए । त्यसपछि ती पसलेले प्रहरीलाई सूचना दिएका थिए ।

नक्कली नोट बजारमा पठाइदिएबापत कमिसन दिने योजनाअनुसार यो समूहले काम गरिरहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले पक्राउ गरेका एक जनाबाट पाँच हजार र अर्का एक जनाबाट २९ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । उक्त गिरोहले राजधानीका विभिन्न स्थानमा नक्कली नोट पठाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

पोखरामा १४ औं महोत्सव सुरु, छात्रावास निर्माण र सेती संरक्षण मुख्य लक्ष्य

पोखरा, पुष २९ – युनाइटेड क्लबको आयोजनामा १४ औं संस्करणको पोखरा महोत्सव आजदेखि अमरसिंहचौरमा सुरु...

नीति र बिधी बिर्सिए पछिको संकट

– कमला थापा ०८२ पौष २८ गते। आज बडामहांराजाधिराज पृथ्वीनारायण शाहको ३०४ औं पृथ्वी जयन्ती।...

आज २०८२ साल पुष २९ गतेको राशिफल

आज पुष २९, २०८२ (जनवरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पपुलिजम र अराजकतावादप्रति गगनको कडा चेतावनी, रवि–बालेनतर्फ संकेत

काठमाडौं, पुष २८ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपालमा पनि पपुलिस्ट र अराजकतावादी प्रवृत्तिहरूले...

उनेपाले समानुपातिक सूची दर्ता गराउन अदालत जाने तयारी

काठमाडौं, २८ पुस – उज्यालो नेपाल पार्टी (उनेपा) ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो समानुपातिक उम्मेदवार सूची...