News Portal

काठमाडौंमा नक्कली नोट छाप्ने मेसिनसहित पाँच जना पक्राउ

हिमाली संचार संवाददाता
५६७ पटक

काठमाडौंमा -चाडबाडका बेला हजार रुपैयाँ दरका नक्कली नोट छापी बजारमा वितरण गर्ने समूह पक्राउ परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले ३ लाख ७० हजार रुपैयाँ बराबरको नक्कली नोटसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी टोलीले कीर्तिपुर नगरपालिका–४, मच्छेगाउँस्थित एक घरबाट नक्कली नोट छाप्ने मेसिन बरामद गर्नुका साथै प्रमुख योजनाकार इन्द्रबहादुर श्रेष्ठलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार उनी केही वर्षअघि सिरहाबाट हातहतियार तथा खरखजाना मुद्दामा ११ महिना कैद भुक्तान गरी छुटेका व्यक्ति हुन् । पक्राउ पर्ने अन्यमा मच्छेगाउँ ४ कै नारायण श्रेष्ठ, मूलपानी बस्ने साहिल थापामगर, जोरपाटी बस्ने राज श्रेष्ठ, कुमारीगाल बस्ने विकास दोचे छन् ।

प्रहरीले पैसा छाप्न प्रयोग हुने दुई बन्डल पेपर, कैंची, लालीगुराँस अंकित रबर छाप, एक हजार र एक सय रुपैयाँका तीन–तीन थान नोट पनि बरामद गरेको छ । त्यस्तै गोर्खा फाइनान्स अंकित बन्डल बनाउन प्रयोग हुने १२ थान टयाग पनि बरामद गरिएका छन् ।

नक्कली नोटका कारोबारीले नक्कली पैसा बजारमा पठाउँदा बैंकको जस्तो देखिने यही टयाग प्रयोग गरेको प्रहरीको अनुमान छ । गिरोहले भर्खरै मात्र कारोबार सुरु गरेको प्रहरीलाई बयान दिएको छ । यसबारे थप अनुसन्धान भइरहेको परिसरका डीएसपी मोहनकुमार थापाले जनाए । उनका अनुसार यो गिरोहले एक हजार रुपैयाँको नक्कली नोट मात्रै छापिरहेको थियो ।
चाडबाडमा सजिलो हुने ठानी उनीहरूले सक्कलीमा नक्कली नोट मिसाएर, रेस्टुरेन्टमा तिरेर र किराना पसलबाट सामान खरिद गरेको पाइएको छ । नक्कली नोट बजारमा पठाएबापत कमिसन आउने भन्दै गिरोहले मान्छेसमेत परिचालन गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

ललितपुरको एक किराना पसलमा पाँच हजार रुपैयाँ नक्कली नोट साट्न भन्दै एक जनाले पैसा छाड्ने ‘अफर’ गरेका थिए । त्यसपछि ती पसलेले प्रहरीलाई सूचना दिएका थिए ।

नक्कली नोट बजारमा पठाइदिएबापत कमिसन दिने योजनाअनुसार यो समूहले काम गरिरहेको प्रहरी अनुसन्धानले देखाएको छ । प्रहरीले पक्राउ गरेका एक जनाबाट पाँच हजार र अर्का एक जनाबाट २९ हजार रुपैयाँ नक्कली नोट बरामद गरेको थियो । उक्त गिरोहले राजधानीका विभिन्न स्थानमा नक्कली नोट पठाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...