News Portal

रोमानिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई मेनपावर व्यवसायी पक्राउ

हिमालीसंचार संवाददाता
३१७ पटक

काठमाडौँ। रोमानिया र स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा २ जना मेनपावर व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

रोमानिया, स्लोभाकियालगायतका देशहरूमा पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा हरि बस्नेत र हेमलाल पुनलाई उपत्यका अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौँको शेषमतीबाट शुक्रबार साँझ पक्राउ गरेको हो। उनीहरू दुबै काठमाडौंको सुकेधारास्थित ग्लोबल भिलेज सोर्स प्रालिका सञ्चालक हुन्।

खोटाङको खोटेहाङ गाउँपालिका–९ घर भई काठमाडौं टोखा नगरपालिका–१० बस्दै आएका बस्नेत र प्युठान गौमुख नगरपालिका–७ घर भई काठमाडौं तारकेश्वर नगरपालिका–११ शेषमती बस्दै आएका मगर दुबैले विभिन्न ९ जना व्यक्तिहरूबाट नगद ३१ लाख ९० हजार रुपैयाँ ठगी गरेको प्रहरीले उल्लेख गरेको छ।

उनीहरु दुबैले वैदेशिक रोजगारीको लागि रोमानिया, स्लोभाकिया तथा अरबियन मुलुकहरूमा प्रतिष्ठित ‘एग्रिकल्चरल कम्पनि’ र ‘फ्रुट प्याकेजिङ’ लगायतको काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी ठगी गरेको प्रहरीको भनाई छ।

पक्राउ परेका दुबै जनालाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...