News Portal

किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि…

हिमालीसंचार संवाददाता
६०१ पटक

काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई किसानको माग सम्बोधन गर्न निर्देशन दिएका हुन्। शुक्रबार चितवनका किसानले उब्जनी गरे पनि कौडीको भाउमा तरकारी बेच्नुपरेको र सरकारले बजार नखोजिदिएको भन्दै सडकमै तरकारीको बिस्कुन लगाएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले सरोकारवाला निकाय र पीडित किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्।

प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्रीले सरोकारवाला किसानसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारी बोलाएर थप छलफल गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...