News Portal

किसानले बजार भाउ नपाउँदाको पीडा सडकमा पोखिएपछि…

हिमालीसंचार संवाददाता
६६६ पटक

काठमाडौं। निर्वाध भारतीय तरकारी आयातका कारण नेपाली उत्पादनले बजार र मूल्य नपाएको गुनासो गर्दै चितवनका किसानले सडकमा तरकारी फालेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपक्षी मन्त्रालयको ध्यानाकर्षण गराएका छन्।

प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्री ज्वालाकुमारी साहलाई किसानको माग सम्बोधन गर्न निर्देशन दिएका हुन्। शुक्रबार चितवनका किसानले उब्जनी गरे पनि कौडीको भाउमा तरकारी बेच्नुपरेको र सरकारले बजार नखोजिदिएको भन्दै सडकमै तरकारीको बिस्कुन लगाएका थिए।

प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले सरोकारवाला निकाय र पीडित किसानसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परे प्रधानमन्त्रीलाई आग्रह गर्ने बताएकी छन्।

प्रधानमन्त्री प्रचण्डले कृषिमन्त्रीले सरोकारवाला किसानसँग छलफल गरेर फर्किएपछि मन्त्री, सचिव र अन्य सरकारी अधिकारी बोलाएर थप छलफल गर्ने बताइएको छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...