News Portal

बस्ती नजिक जंगलमा बाघ देखिन थाल्यो, सुरक्षित रहन वन कार्यालयको आग्रह

हिमालीसंचार संवाददाता
२६३ पटक

वीरगञ्ज। पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट बस्तीको नजिकको जंगलमा बाघ देखिन थालेपछि डिभिजन वन कार्यालय पर्साले सचेत रहन वन क्षेत्र आसपासमा बसोवास गर्ने बासिन्दाहरुलाई आग्रह गरेको छ।

पर्साको सबैया, बढनिहार र मनवाको मानव बस्ती आसपासको क्षेत्रमा बाघ देखिएको हुँदा सर्वसाधरणलाई वन जंगलमा आफ्नो चौपाय लिएर नजान डिभिजन वन कार्यालय पर्साले सचेत गराएको हो।

डिभिजन वन कार्यालय पर्साका प्रमुख डिभिजन वन अधिकृत सुवासचन्द्र दासका अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या उल्लेख बृद्धि भएको र बस्ती आसपासको इलकामा बाघ बस्न थालेकोले वन जंगलको छेउछाउका वासिन्दालाई सचेत गर्न सूचना गरिएको छ।

पर्सा राष्ट्रिय निकुञ्जमा ४१ वटा पाटेबाघ रहेको डिभिजन वन अधिकृत दासले बताए। उनका अनुसार केही दिन पहिला पर्सागढी नगरपालिका वडा नं. १ जमुना टोल निवासी ज्ञानमाया स्याङताङ्गको ३ वटा गाई बाघले खाइदिएको थियो।

पाटेबाघको कारण घरपालुवा जनावर र मान्छेलाई समेत आक्रमण गर्न सक्ने भएकोले वन जंगल भित्र प्रवेश नगर्न र वस्तीमासमेत घरपालुवा जनावरलाई सुरक्षित राख्न वनजंगल आसपासका क्षेत्रमा बसोवास गर्ने जनतालाई सूचित गरिएको डिभिजन वन अधिकृत दासले बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...