News Portal

हत्याको अभियोगमा प्रहरीद्वारा कोइरीसहित दुई जना पक्राउ

हिमालीसंचार संवाददाता
५४५ पटक

काठमाडौं। प्रहरीले रौतहटमा बालकको हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रमुख (एसपी) वीरबहादुर बुढाका अनुसार माधवनारायण नगरपालिका– ८ निवासी ९ वर्षीय बालक आशनारायणप्रसाद कुशवाहाको हत्या अभियोगमा दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा माधवनारायण नगरपालिका– ८, पिपरा रजवाडा बस्ने ३३ वर्षीय जयराम महतो कोइरी र ३७ वर्षीय संजय राम रहेका छन्। पुस २५ गते आइतबार जयकिशोरप्रसाद कुशवाहाका छोरा आशनारायण प्रसाद कुशवाहा आफ्नै घरबाट हराएका थिए।

आशनारायणप्रसाद कुशवाहालाई खोजतलाश गर्ने क्रममा माघको १ गते बागमती नदीको पानीमा मृत अवस्थामा फेला परेपछि अनुसन्धान शुरु गरिएको थियो।

एसएसपी बुढाले भने, ‘पुरानो रिसइवीका र सधैको झगडाको कारण मृतकको परिवारप्रति जयराम महतोको वितृष्णा बढदै गएको कारण कर्तव्य गरि मारेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।’ घटनाका दिन मृतकलाई देखेपछि जयराम महतो कोइरीले संजय रामसंग सल्लाह गरेर बदला लिने योजना बनाएका थिए।

आशनारायणप्रसाद कुसवाहालाई देख्नेवितिकै जयराम महतो र संजय रामले आशनारायणको मुख थुनी हात खुट्टा समातेर बोकेर सोही स्थानमा रहेको छाप्रोभित्र लगेर गम्छा र कपडाले हात खुट्टा बाँधी बालकलाई कर्तव्य गरि हत्या गरेको अनुसन्धानका क्रममा खुलेको छ। कोइरी र रामले बालकको शवलाई छाप्रोमा त्रिपालले छोपी लुकाएका थिए।

पुस २६ गते मध्यराति १२ बजेपछि बालकको शवलाई दुबै जनाले खलियानमा निकाली बोरामा राखेर १ किलो मिटर टाढाको खेतमा रहेको परालको टालमा शव लुकाएका थिए।

जयराम महतोले मृतकको गञ्जी र हात खुट्टा बाध्न प्रयोग गरेको कपडा सोही राति आफ्नै खरियानको घुरमा जलाइदिएको अनुसन्धानका क्रममा पत्ता लागेको एसपी बुढाले बताएका छन्।

कसैलाई शंका नहोस भन्नका लागि जयराम महतो कोइरी मृतकको बुबासँग दिउँसोको समय आशनारायणलाई खोजी गर्न जाने गरेका थिए।

पुस २९ गते बेलुका शव हेर्न जाँदा अलिअलि गन्ध आएको थाहा पाएपछि संजय रामसँग बालकको शवलाई अन्यत्र फाल्ने सल्लाह गरेका थिए। सोहि दिन मध्यराति १२ बजेपछिको समयमा दुबै जना घरबाट बोरा लिई बालकको शव रहेको स्थानमा गएका थिए।

प्लास्टिकको बोरामा जयराम महतोले बालकको शव बोकेको र संजय रामलाई अगाडि बाटो हेर्न लगाई बागमती नदीमा उत्तरी किनारादेखि अन्दाजी १७० फिट पर पानीमा शव फालेका थिए।

शव बोक्न प्रयोग गरेको बोरा दक्षिणतर्फ वालुवामा गाडेको अवस्थामा प्रहरीले बरामद गरेको छ। पुस २९ गते राति शव खोलामा फ्याकेर फर्किदा जयराम महतोले शव बोक्दा लगाएको प्लास्टिकको बोरा जलाएका थिए।

प्रहरीले मृतकको मुख बाँध्न प्रयोग भएको गम्छा थान– १, मृतकको शवलाई नदीसम्म लैजानको लागि प्रयोग गरिएको बोरा थान– १, मृतकको गञ्जी काट्न प्रयोग गरिएको हँसिया थान– १, मृतकको शव छोप्न प्रयोग गरिएको त्रिपाल थान– १ बरामद गरिएको सूचना अधिकारी एवम् डीएसपी सुनिल मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...

चुनावी सुरक्षा मूल्यांकन: दल र जेनजी समूहबीचको सम्भावित झडप मुख्य चुनौती

काठमाडौं, पुस १ – प्रतिनिधिसभा निर्वाचन २१ फागुनमा सम्पन्न गर्न सकिने विषयमा सुरक्षा निकायले गृह...