News Portal

सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

हिमालीसंचार संवाददाता
२८७ पटक

दिनराज कार्की
खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्।

कुटपिटबाट बालिकाको आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ। बालिकालाई उपचारका लागि काठमाडौं लगिएको छ।

सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको बेला कुटपिट गरेको स्थानीय इश्वरा पाण्डे (ढकाल)ले बताइन्।

जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटनालगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए।

सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकलाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए। कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो।

घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो। अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनितालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए। घरमा बुवा नभएकोबेला बिनितामाथि कुटपिट भएको थियो।

प्रतिकृया दिनुहोस्

विदेशस्थित नेपाली मतदातामाथि दबाब दिई घण्टी चिन्हमा मतदान गराइएको दाबी : चित्रबहादुर केसी

काठमाडौं, चैत ९ – चित्रबहादुर केसीले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकको मताधिकार प्रभावित पारिएको दाबी...

नयाँ सरकार नबन्दासम्म राष्ट्रिय सभा नियुक्ति रोकियो

काठमाडौं, चैत ९ — राष्ट्रिय सभाको रिक्त पदमा ओमप्रकाश अर्याललाई नियुक्त गर्ने प्रक्रिया हाललाई स्थगित...

आज २०८२ साल चैत ९ गतेको राशिफल

आज चैत ९, २०८२ ( मार्च २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

निजी अस्पतालको अवस्था बुझ्न देशव्यापी सर्वेक्षण हुँदै

काठमाडौँ, चैत ८ — निजी स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था र अर्थतन्त्रमा यसको योगदानबारे विस्तृत जानकारी...

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...