News Portal

सौतेनी आमाको कुटपिटबाट बालिका गम्भीर घाइते, उपचारका लागि लगियो काठमाडौं

हिमालीसंचार संवाददाता
२५७ पटक

दिनराज कार्की
खोटाङ। सौतेनी आमाको कुटपिटबाट खोटाङमा एक बालिका घाइते भएकी छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलकी सौतेनी आमा चन्द्रकला रिजाल (आचार्य)को कुटपिटबाट १५ वर्षीय विनिता आचार्य घाइते भएकी हुन्।

कुटपिटबाट बालिकाको आँखा र शरीरका विभिन्न भागमा चोट लागेको छ। बालिकालाई उपचारका लागि काठमाडौं लगिएको छ।

सौतेनी आमाले बिनितालाई पुस २९ गते दिउँसो कोठामा बसेर पढिरहेको बेला कुटपिट गरेको स्थानीय इश्वरा पाण्डे (ढकाल)ले बताइन्।

जिल्ला अस्पतालले रेफर गरेपछि शनिबार तिलगंगा आँखा अस्पताल पुर्‍याइएका बिनितालाई टाउकाको सिटि स्क्यानका लागि आइतबार केएमसी लगिएको छ।

सौतेनी छोरीलाई मरणासन्न हुनेगरी कुटपिट गर्ने चन्द्रकलालाई अनुसन्धानका लागि घटनालगत्तै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङले बताए।

सौतेनी छोरीलाई निर्घात कुटपिट गरेपछि आफन्तले चन्द्रकलाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा कारबाहीका लागि जाहेरी दिएका थिए। कुटपिटबाट बालिकाको दाहिने आँखा बन्द भएको थियो।

घट्ना लगत्तै जिल्ला अस्पताल लगिएकी विनितालाई टाउको दुख्ने र वान्ता आउने लगायतका समस्या देखिएपछि सोही दिन रेफर गरिएको थियो। अस्पतालले रेफर गरेपनि घर ल्याइएका बिनितालाई राती सिकिस्त बनेपछि पुःन अस्पताल लगिएको आचार्यले बताए। घरमा बुवा नभएकोबेला बिनितामाथि कुटपिट भएको थियो।

प्रतिकृया दिनुहोस्

चन्द्र थापा धादिङ प्रतिनिधि सभा–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

धादिङ — नेपाली कांग्रेस धादिङले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस प्रक्रिया अघि बढाएको...

मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय फूलखर्कमा विद्यार्थीहरूलाई ट्र्याकसुट वितरण

धादिङ– मिति २०८२ साल मंसिर २८ गते श्री मण्डली प्राविधिक उच्च माध्यमिक विद्यालय, फूलखर्कमा आयोजना...

एमाले उपमहासचिव ज्ञवाली भृकुटीमण्डपबाट रुँदै फर्किए, केवल केन्द्रीय सदस्यमा उम्मेदवारी

काठमाडौं, १ पुष – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले अध्यक्ष केपी शर्मा ओलीको प्यानलमा नाम...

एमाले महाधिवेशन: मतदान सुरु, भोलि दिउँसो नयाँ नेतृत्व सार्वजनिक हुने

काठमाडौँ, पुस १ –  नेकपा एमालेको नेतृत्व छनोटका लागि मंगलबार अपराह्न ४ बजेदेखि भोटिङ सुरु भएको...

धनगढीमा समाचार संकलनका क्रममा पत्रकारमाथि दुर्व्यवहार, कारबाहीको माग

धनगढी, पुस १ – धनगढीमा समाचार संकलन गरिरहेकी पत्रकार रमा चन्दमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार...