News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • माइतीघर पुगेर गृहमन्त्री रवि लामिछानेले भने– न्याय गर्न नसक्ने अवस्था भए राजीनामा दिन्छु !

    हिमालीसंचार संवाददाता
    १८८ पटक

    काठमाडौँ। गृहमन्त्री रवि लामिछानेले बाँकेकी निर्मला कुर्मी बेपत्ता प्रकरणमा न्याय गर्न नसक्ने अवस्था भए र त्यसमा कुनै कैफियत देखिए पदबाट राजीनामा दिने बताएका छन्।

    कुर्मी अपहरण र हत्या भएको आरोप लगाउँदै तेस्रो चरणमा काठमाडौंको माइतीघरमा १७ दिनदेखि सडक संघर्षमा रहेका महिलाहरूलाई भेटेर गृहमन्त्री लामिछानेले मुद्दाको गहिरो अनुसन्धानका लागि समय दिन आग्रह गरे।

    ‘हामीले यो मुद्दामा काम गर्न सुरू गरेको दुई हप्तामात्रै हुँदैछ। अहिले काम गर्ने समय दिनुहोस्। यो टिमले फुलफेजमा काम गर्छ, यदि यसले काम गर्न सकेन भने अर्को चरणमा जाने कुरा हुन्छ। त्यसपछि न्यायिक आयोग बनाउनुपर्छ कि सार्वजनिकरुपमा अघि बढाउनुपर्छ, या त्योभन्दा अझै माथि जानुपर्छ,’ गृहमन्त्री लामिछानेले अघि भने, ‘अझ त्यहाँ मेरो भूमिकामा कुनै कैफियत देखियो भने मैले गृहमन्त्रीबाट राजीनामा दिनुपर्ने हुन्छ, त्यहाँसम्म पनि जाउँला । तर पहिले एकपटक मलाई राम्रोसँग काम गर्न दिनुहोस्। यसअघि बिग्रिएको कामलाई सपार्ने समय दिनुहोस्।’

    मन्त्री लामिछानेले एकपटक आफूलाई विश्वास गर्न र कठ्यांग्रिदो चिसोमा सडक संघर्ष नगरेर घर फर्किन आग्रह गरे। ‘मुद्दामा कुन ढंगले अनुसन्धान अघि बढेको छ, हामीले त्यसलाई हेरिरहेको छौँ। अनुसन्धानमा यसअघि भएका कमजोरीहरूको अध्ययन गरेर त्यसलाई पनि सच्याउनुपर्नेछ। केश आफैँ जटिल छ। यसले धेरै समय लिँदाखेरि तपाईंहरूले दुःख पाउनुभएको छ।

    म तपाईंहरूलाई बिन्ती गर्न आएको छु, तपाईंहरू यहाँ बस्नु र नबस्नुले यसको अनुसन्धान प्रक्रियामा कुनै असर पर्दैन,’ मन्त्री लामिछानेले आन्दोलनरत महिलाहरूलाई आन्दोलन स्थगित गर्न आग्रह गर्दै भनेका छन्, ‘म यो सरकारको गृहमन्त्री भएको हिसाबले ग्यारेन्टी छ कि तपाईंहरू यहाँ बसे पनि, नबसे पनि यो मुद्दाको संवदेनशीलतालाई मैले बुझेको छु, कोही अपराधीलाई जो कोहीले पनि संरक्षण गरेको छ र त्यसको प्रमाण पाए भने संरक्षण गर्ने मान्छेलाई पनि कारबाही गर्छु। तपाईंहरू निर्धक्क हुनुहोला, तपाईंहरू घर जानुहोस्। बरू तपाईंहरूलाई पठाउने व्यवस्था के गर्नुपर्छ, म गर्छु।’

    मन्त्री लामिछानले आफू कुर्मीको मुद्दालाई लिएर दबाबमा रहेको समेत बताए। ‘म यसै पनि दबाबमा छु, तपाईंहरू यो चिसोमा कठ्यांग्रिएर नबसिदिनुस्। यो विषय आफैंमा संवेदनशील छ। यसमा तपाईहरू अरु जोडबल चाहिँदैन। म निर्धक्क भएर काम गर्छु,’ उनले भने, ‘तपाईंहरू यहाँ नबसे पनि न्याय पाउने कुरामा कुनै फरक पर्दैन, म डटेर लागेको छु।’

    गृहमन्त्री लामिछानले पटक पटक विश्वास दिलाउन चाहे पनि आन्दोलनकारी महिलाहरू भने आश्वास्त हुन सकिरहेका थिएनन्। मन्त्री लामिछानेले फेरि थपे, ‘तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु। तपाईंहरूले लालटिन बाल्नुभएको छ। सरकारले देखेन कि, बुझेन कि भनेर बाल्नुभएको छ। हामी त देशलाई नै उज्यालो बनाउन लागिपरेका छौँ।’

    उनले महिलाहरू घर नफर्किए आफू पनि छेऊमा बसेर आन्दोलनमा ऐक्यबद्धता जनाउने बताए। ‘म त तपाईंहरू जस्तै आन्दोलनमा सहभागी भएको मान्छे हुँ। म अहिले गृहमन्त्रीको हैसियतले यो वचनबद्धता जनाइरहेको छु। मुद्दाले लिने समय दिनुहोस्। हैन भने भन्नुस्, म पनि यही चिसोमा आएर बस्छु। तपाईंहरूलाई चिसोमा बसाएर मैले काम गर्न सक्दिनँ,’ उनले भने।

    प्रतिकृया दिनुहोस्

    आजदेखि संसद् सञ्चालन हुने, सभामुख घिमिरेको स्पष्टोक्ति

    काठमाडौं, जेठ २६ – केही दिनदेखि अवरुद्ध रहेको प्रतिनिधिसभाको बैठक आजदेखि पुनः सञ्चालनमा आउने भएको...

    कृष्टलका पोते तथा माला बनाउने तालिम सम्पन्न

    मोरङ, जेठ २६ – रंगेली–६ स्थित पब्लिक उच्च माध्यमिक विद्यालयको पुरानो भवनमा आयोजित सात दिने...

    १३ गतेदेखि रोकिएको संसद् आज चल्ला? सहमति बन्ने संकेत तर निश्चितता छैन

    काठमाडौं, जेठ २६ – विवादित भिजिट भिसा प्रकरणलाई लिएर राजनीतिक दलहरूबीच निरन्तर छलफल चलिरहेका छन्।...

    पोखरामा सनसनीपूर्ण हत्या : वन क्याम्पस नजिकै अन्दाजित ३० वर्षीय युवकको शव फेला

    पोखरा, जेठ २६ – पोखरा महानगरपालिका–१५ अन्तर्गत रहेको वन विज्ञान अध्ययन संस्थान (वन क्याम्पस) नजिकैको...

    भारतमा कोरोना संक्रमण फेरि तीव्र, नौ दिनमै ५८ जनाको मृत्यु, नयाँ भेरियन्टको असर देखिँदै

    नयाँ दिल्ली, जेठ २६ – भारतमा पछिल्लो समय फेरि एक पटक कोरोना भाइरस संक्रमणको दर...