News Portal

नेपालकै ठूलो बैंक बनेपछि जिम्मेवारी झनै थपियो : चन्द्र ढकाल

हिमालीसंचार संवाददाता
३६४ पटक

काठमाडौं। ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन्। ग्लोबल आइएमई बैंक र बैंक अफ काठमण्डु मर्जर भएपछि संयुक्त कारोबार हुने खुसीयालीमा दुवै बैंकका कर्मचारीले शनिबार गरेको वाकथनपछि सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन्।

यही पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुनेछ। उनले देशकै ठूलो बैंक भएपछि आफूहरूले बैंकिङ क्षेत्रमा करिब १० प्रतिशत हिस्सा लिने बताए।

उनले बैंक स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुसीको कुरा भएको पनि बताए। अबका दिनमा बैंकका सेवा विस्तार गरी चुस्त–दुरुस्त सेवा दिइने र सबै नेपालीको बैंकका रूपमा डिपोजिट वा व्यवसाय गर्नका लागि लगानी दिने बैंकका रूपमा अघि बढाइने उनले बताए।

“ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। बैंकिङ क्षेत्रको कुरा गर्दा करिब १० प्रतिशत हिस्सा हामीले लिनेछौँ । बैंक स्थापना भएको १६ वर्षमा हामी नेपालकै सबैभन्दा ठूलो बैंक बनेका छौँ,” उनले भने, “आउने दिनमा हाम्रो गुणस्तर र सर्भिसलाई चुस्त र दुरुस्त हिसाबले अघि बढाउनेछौँ। सबै नेपालीको बैंकको रूपमा डिपोजिट वा व्यवसाय गर्नको लागि अघि बढ्नेछौँ।”

यी दुई बैंकको मर्जरपश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटीएम काउन्टर, २८६ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालय, तीन विदेशस्थित सम्पर्क कार्यालय, ४० लाखभन्दा बढी ग्राहकसहित अरू धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ।

मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५.७७ अर्ब, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३७६ अर्ब रुपैयाँभन्दा बढी पुग्नेछ। मर्जरपछि कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्नेछ।

नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकका तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ र बैंक अफ काठमाण्डुका तर्फबाट २ जना रहनेछन्।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख ८ गतेको राशिफल

आज वैशाख ८, २०८३ ( अप्रिल २१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

‘सेयर किन्नु गलत हो?’ गृहमन्त्रीले उठाए प्रश्न

काठमाडौं, वैशाख ७ – गृहमन्त्री सुधन गुरुङले आफ्ना सेयर लगानीबारे सार्वजनिक रूपमा उठाइएका प्रश्नहरूप्रति प्रतिक्रिया...

जापानमा शक्तिशाली भूकम्पपछि सुनामीको चेतावनी

काठमाडौं, वैशाख ७ — जापानको उत्तरपूर्वी समुद्री तटमा सोमबार शक्तिशाली भूकम्प गएको छ। प्रारम्भमा ७.३ म्याग्निच्युड...

शिक्षामा पर्याप्त बजेटको मागसहित विश्वव्यापी कार्यसप्ताह सुरु

काठमाडौं, वैशाख ७ — शिक्षा क्षेत्रमा लगानी बढाउनुपर्ने मागसहित नेपालमा ‘शिक्षाका लागि विश्वव्यापी कार्यसप्ताह’ सुरु...

आज २०८३ साल वैशाख ७ गतेको राशिफल

आज वैशाख ७, २०८३ ( अप्रिल २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...