News Portal

पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा

हिमालीसंचार संवाददाता
२८० पटक

काठमाडौँ। सत्ता गठबन्धनले पृथ्वी जयन्तीका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सत्ता गठबन्धनले शुक्रबार सार्वजनिक गरेको १८ बुँदे न्यूनतम साझा कार्यक्रममा पृथ्वी जयन्तीका दिन (पृथ्वीनारायण शाहको जन्मदिन) पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको उल्लेख गरेको छ।

साझा कार्यक्रममा लेखिएको छ, ‘नेपालको भौगोलिक एकीकरणको ऐतिहासिकतालाई स्मरण र सम्मान गर्दै पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको छ।’

एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले शुक्रबार १८ बुँदे नीतिगत प्राथमिकता तथा कार्यक्रम सार्वजनिक गरेका हुन्।

सत्ता गठबन्धनले नागरिकता र नेपाली पहिचान, नीतिगत र संरचना सुधार, लोकतन्त्र सुशासन र गुणस्तरीय सेवा, दीगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण, गुणस्तरीय शिक्षा र शैक्षिक पूर्वाधार लगायत विषयबारे आफ्नो धारणा सार्वजनिक गरेको हो।

सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...