News Portal

  • जब जगल्ट्याउँदै डीएसपीले महिलालाई सडकमा घिसारेपछि…(भिडियो सहित)

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    काठमाडौं। काठमाडौंको शंखरापुर बोझनीका स्थानीयहरु ५ दिनदेखि आन्दोलनमा छन्। उनीहरु कुनै पनि हालतमा जग्गा अधिग्रहण गरेर बिनासूचना राज्यद्वारा बनाउन लागिएकाले विद्युत सबस्टेसन बन्न नदिने भन्दै आन्दोलनमा छन्।

    तर, सरकार भने त्यहिँ ठाउँमा सबस्टेसनको चाँजोपाँजो सबै मिलाइएकोले जसरी हुन्छ ४५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको विद्युत प्रसारण लाइनको सबस्टेसन बनाउने योजनामा छ।

    तर, स्थानीयहरु भने वर्षाैदेखि बस्दै आएको आफ्नो थातथलोमा राज्यले औपनिवेश लादेको भन्दै विरोधमा छन्। र, उनीहरु सरकारले शान्तिपूर्ण ढंगले आफूहरुको व्यवस्थापन गर्नुपर्ने माग उठाइरहेका छन्।

    आन्दोलनको पाँचौँ दिन पनि निरन्तर आन्दोलनमा उत्रिएका स्थानीयसँग राज्यबाट खटाइएका सुरक्षाकर्मीको मुडभेड भयो। स्थानीय निरमाया तामाङ, बिना तामाङ र १२ वर्षीय दोर्जे तामाङ घाइते हुन पुगे। प्रहरीले लाठी चार्जमात्र गरेन चर्काे बोल्ने स्थानीयहरुको बोली अवरुद्ध पार्न बाघले बाख्रा जसरी खेद्यो।

    यहिँ क्रममा एउटा अनौँठो दृश्य देखियो। आन्दोलनमा महिला, पुरुष, वृद्ध, बालक सबै एकै स्वरमा सडक आन्दोलनमा उत्रिरहेका थिए। तर, एकाएक बाघले बाख्रा समातेजसरी एपीएफका डीएसपी सुदिप प्रसाईंले जगल्ट्याउँदै एक महिलालाई सडकमा घिसार्छन्।

    पीडाले महिला कराउँछिन्। उनको चित्कार सुनेर अरु आन्दोलनकारी पनि उनलाई साथ दिन त्यहाँ आइपुग्छन्। त्यसपछि डीएसपीले महिलालाई हत्तपत्त छाड्छन्।

    डीएसपी प्रसाईंबाट हातपात भएकी महिला हुन्, बिना तामाङ। जनताको सेवा गर्ने प्रहरी नै हातपातमा उत्रिएको भन्दै आन्दोलनरत स्थानीय तुलाराम लामाले आक्राशे व्यक्त गरे।

    उनले महिलामाथि हातपात गरिएको भन्दै त्यसको खण्डन गरेका छन्। उनले प्रहरी दमन यसरी उत्रिएर स्थानीयको अधिकारमाथि हनन गरेको भन्दै त्यो सह्य नभएको बताए।

    बुधबार प्रहरीले गोली देखाएर स्थानीयहरुलाई तर्साउन खोज्ने प्रयास गरेको थियो। तर, स्थानीयले ज्यानको बाजी राखेर आफ्नो थातथलोबाट एक कदम नहट्ने भन्दै आन्दोलन जारी राख्दै आएका छन्। डीएसपी सुदिप प्रसाईंले जगल्ट्याउँदै एक महिलालाई सडकमा घिसारेको भिडियो समाजिक संजालभरीमा छताछुल्ल छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २४ गतेको राशिफल

    आज असोज २४, २०८२ (अक्टोबर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीले गृहमन्त्रीलाई चेतावनी, पासपोर्ट रोक्का र पक्राउ प्रयास अस्विकार

    काठमाडौं, असोज 23 — नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पासपोर्ट रोक्का र उपत्यका...

    एमाले नेता बस्नेतको चुनौतीः जेनजी आन्दोलनका घटनाबारे कारबाही गर्न गृहमन्त्रीलाई अनुरोध

    काठमाडौं, असोज २३ – एमाले पोलिट ब्यूरो सदस्य महेश बस्नेतले जेनजी आन्दोलनका घटनाहरूको विवरण एमालेले...

    चितवनमा अनेरास्ववियुद्वारा बालेन र सुधनविरुद्ध जाहेरी दर्ता प्रयास, प्रहरीले दर्ता नगरी ज्ञापनपत्र लिने तयारी

    चितवन, असोज २३ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले जिल्ला प्रहरी कार्यालय...

    माइतीघरमा प्रदर्शनअघि डा. निकोलस भुसालसहित तीन जना पक्राउ

    काठमाडौं – माइतीघर मण्डलामा डा. निकोलस भुसाल नेतृत्वको समूहले शान्तिपूर्ण प्रदर्शन गर्न लागेको तयारीका बीच...